स्वर्ण पदकसँगै आएको पैसाले घर बनाउनु छ : स्वर्ण विजेता नेपाली खेलाडी (भिडियो)

Spread the love

दक्षिण एसियाली खेलकुदको १३ औ संस्करणमा नेपालले अहिले सम्मकै उत्कृष्ट खेल प्रदर्शन गर्दै ५१ वटा स्वर्ण पदक हासिल ग¥यो । सागको इतिहासमा नेपालले यो स्तरको सफलता प्राप्त गरेको पहिलो पटक हो । घरेलु मैदानमा यो स्तरको सफलताका पछाडी खेलाडीहरुको मिहिनेत, प्रशिक्षकहरुको लगनशिलता र शुभेच्छुकहरुकोे हौसला जोडिएको छ ।

प्रतियोगिता चलिरहदा कमजोर पूर्वाधार र व्यवस्थापकीय लापरवाहीका कारण खेलाडीहरुका आंखाबाट आसु खसेका दृश्य पनि देखिए । सुटिड खेलमा बन्दुकै नै पड्किएन, उद्घाटन समारोहमा सबै खेलाडीले निर्धारित डेस नै पाएनन्, हौसला दिने जाने दर्शक र समाचार संलकन गर्ने पत्रकारमाथि प्रहरीका लाठी बर्सिए । तर यी घटनालाई अपवाद मान्ने हो भने सागको पछिल्लो संस्करण उद्घाटन देखि समापन समारोहसम्म नेपालका लागि भब्य र ऐतिहासिक रह्यो ।

नेपाल उपलब्धीहरुको सिंढी चढ्नुमा खेलाडीहरुका अनेक दुःख संघर्षका कथाहरु जोडिएका छन् । कति खेलाडीको त सामान्य जीवन जीउन आर्थिक अवस्था पनि छैन । दैनिक हातमुख जोड्न नै समस्या हुने पृष्ठभूमिबाट आएर पनि आफ्नो कठोर अभ्यासका कारण मुलुकको नाम राख्न सफल भएका छन् ।

दर्शकहरुको रुची र मिडियाहरुका कारण केही खेलमा पाएका पदक र खेलाडीहरुको व्यापक चर्चा परिचर्चा भयो । तर यही भिडमा केही चांही ऐतिहासिक उपलब्धी हासिल गरेर पनि छांया परेजस्तो देखिए । त्यस्तै मध्येका प्रतिनिधि खेलाडीहरु हुनुहुन्छ महिला कबड्डीकी कोषमाया बस्नेत र जुडोकी पुनम श्रेष्ठ ।

बस्नेतले कबड्डी खेलमा रजत पदक जितेर नेपाललाई अहिलेसम्मकै माथिल्लो उपलब्धी दिलाउनु भएको छ । त्यस्तै जुडोकी पुनम श्रेष्ठले आर्थिक अभावका बीच पनि खेललाई निरन्तरता दिंदैस्वर्ण पदक दिलाउनु भएको छ ।

समग्रमा साग खेलकुद कस्तो रह्यो ? अभावका बीच पनि आ आफ्ना खेलमा यो स्तरको उपलब्धी हासिल गर्न नेपाली खेलाडीलाई कस्ता संघर्ष पार गर्नुपर्छ ? हाम्रा खेलाडीहरुको अवस्था कस्तो छ ? दैनिक रोजीरोटीको संघर्षका बीच खेललाई जारी राख्न कति सम्भव छ ?

यस्तै प्रश्नहरुको जवाफ खोज्न आज मसंग हुनुहुन्छ, रजत पदक दिलाउनुभएकी महिला कबड्डी टिमकी क्याप्टेन कोषमाया बस्नेत र स्वर्ण पदक दिलाउने जुडोकी पुनम श्रेष्ठ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *