भारतद्वारा रुपन्देहीको सीमा क्षेत्रमा सडक निर्माण, वर्षायाममा नेपाली भूभाग डुबान हुने

Spread the love

भूमि अतिक्रमण गरेको विषयको चर्चा चलिरहँदा नेपालसँग जोडिएका सिमा क्षेत्रमा भारतले आफ्नो मनोमानी गरिरहेको छ । एकपछि अर्को गर्दै सीमा क्षेत्रमा भारतीय पक्षको बलमिच्याँइ जारी छ । यही क्रममा नेपालको स्वीकृतिबिनै भारतले रूपन्देहीको रोहिणी गाउँपालिका–६ बरोवास्थित सीमा क्षेत्रमा एकतर्फीरुपमा धमाधम सडक बनाएको छ । तर, सरकार बेखबर जस्तै छ ।

उता, कालापानी, लिपुलेक र लिम्पियाधुराका सन्दर्भमा सरकारले पठाएको कुटनीतिक नोट र वार्ताको प्रस्तावमा भारतले अझै कुनै टुंगो नलिएको भारतीय विदेशमन्त्रालयले जनाएको छ । बैठक बस्ने बारे टुंगो नभएको बताइरहँदा सरकार भने दुईदेशबीचको समस्या समाधान उन्मुख रहेको बताइरहेको छ । भारतले सीमा जोडिएका क्षेत्र अतिक्रमण गरिरहँदा सरकार पर्ख र हेरको अवस्थामा छ । उता, सीमा रक्षार्थ बसेका नागरिक भने सरकार खोइ भन्ने प्रश्न गरिरहेका छन् ।

प्राइम टाइम न्युज न्यूजका हेड्लाइन्स

१. अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गर्दै भारतद्वारा रुपन्देहीको सीमा क्षेत्रमा असर पर्ने गरी सडक निर्माण, वर्षायाममा नेपाली भूभाग डुबान हुने ।

२. नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरद्वारा केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार, १४ औं महाधिवेशनको एजेन्डा प्रस्तुत नगरेको आरोप ।

३. न्यूज ट्वेन्टी फो टेलिभिजनबाट नयाँ कार्यक्रम ‘द लिडर’ प्रसारण हुने, कार्यक्रमका निर्णायक बाबुराम भट्टराई, सुशील कार्की र रवीन्द्र मिश्र ।

४. चालु आर्थिक वर्षको अन्त्यसम्म नेपालको आर्थिक वृद्धिदर ७ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण, सरकारी लक्ष्य भेटिन मुस्किल ।

५.र, सुनसरीको धरानस्थित टिभी जर्नलिष्ट सन्तोष काफ्लेलाई एक समूहद्वारा कुटपिट, काफ्लेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार हुँदै ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *