रुखमा किन पोतिन्छ सेतो र रातो रङ ?

Spread the love

एजेन्सी । तपाई बाहिर निस्कदा अथवा कहींकतै जाँदा सडकका किनारामा रहेको रुखको जराभन्दा माथि सेतो र रातो रङ्गले पोतेको देख्न सक्नुहुन्छ । तपाईले त्यसलाई केही वास्ता गर्नुहुन्न होला तर के त्यसपछाडीको रहस्यबारे ख्याल गर्नुभएको छ ?

यसको पछाडी वैज्ञानिक रहस्य रहेको छ । रुखको तल रङ्ग पोत्ने चलन एकदमै पुरानो रहेको छ । यसको उद्देश्य हुन्छ हराभरा रुखलाई अधिक बलियो बनाउन । रुखमा विभिन्न चिरा तथा फाटाहरु पर्दछन् र बोक्राहरु निस्कन्छन् , जसकारण रुख कमजोर हुन्छ । तसर्थ रुखलाई पेन्ट गरिन्छ ताकि रुख बलियो बनोस र आयु पनि बढी होस् ।

यस पछाडिको अर्को कारण रहेको छ की रुखमा किरा नलागोस् । सेतो र रातो रङले पोतेपछि रुखमा किरा लाग्दैन । यसका साथै रुखको सुरक्षामा पनि सुधार आउँछ । कुनै ठाउँमा सेतो मात्र रङ्ग पोतिन्छ तर धेरैजसो ठाउँमा रातो रङ्गपनि सँगै पोतिन्छ ।

यता राजमार्गका सडकको किनारमा पनि रुखहरुमा रङले पोतेको देख्न सकिन्छ । यसो गर्दा रातको समयमा पनि रुख चम्किन्छ र सजिलोसँग देख्न सकिन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *