अर्बपतिको पीए बन्न ४० हजारको लाइन : आवेदकमा ७५ प्रतिशत महिला

Spread the love

एजेन्सी । अष्ट्रेलियाका एक अर्वपतिले सामाजिक सञ्जालमा एउटा जागिरको विज्ञापन जारी गरेका छन् । मैथ्यु लेपर नाम गरेका यी अर्वपति यस्तो पर्सनल असिस्टेन्ट चाहन्छन् जो उनीसँग हरपल रहुन् । यसका लागि उनले ५२ हजार अमेरिकन डलर दिन आफु तयार रहेको बताएका छन् ।

इकमर्स बिजनेस मालिक मैथ्यु लेपर चार कम्पनी चलाउँछन् । उनको एकहप्ताको कमाइ ८५ हजार ७६४ डलर रहेको छ । उनले सामाजिक सञ्जालमा ‘ द कुलेस्ट जब इन द वल्ड ‘ नामक टाइटलबाट रोजगारीको पद पोस्ट गरेका हुन् । उनले आफ्नो पर्सनल एसिस्टेन्टको लागि ५२ हजार डलर र उसको ट्राभलिङ , रहने , खानपिन र हेल्थ इन्सुरेन्सको खर्च समेत उठाउने बताएका छन् ।

उनले आवेदकको अनुभव र क्षमताका आधारमा तलब दिने समेत बताएका छन् । यो जागिरका लागि हालसम्म ४० हजार आवेदन गरेको बताइएको छ । यसमा अधिंकाश ७५ प्रतिशत महिला रहेका छन् भने कतिले उनलाई विवाहको प्रस्ताव समेत गरेका छन् ।

उनले भनेका छन्, ‘धेरै जसो आवेदशन ब्रिटेन , इटली , दक्षिण अमेरिका र एशियन युवतीबाट आएका छन् । आवेदकको उमेर २३ वर्षदेखि ३७ वर्षको रहेको छ ।’

आवेदकहरु ९ देखि ५ बजेसम्मको जागिरबाट आफुहरु वाक्कदिक्क भएपछि यो जागिर गर्न हौसिएको उनले बताएका छन् । आवेदकलाई कप्युटर राम्रोसँग चलाउन आउनु पर्ने उनले बताएका छन् ।

आवेदकलाई यो जागिरमा हुने विशेष सबै कामको जानकारी हुनुपर्ने समेत उनले बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *