७३ वर्षीया रोजी बेलायतबाट हिँडेरै नेपाल आउँदै

Spread the love

काठमाडौं : चर्चित च्यारिटी रनर रोजी स्वेल पोप बेलायतदेखि नेपालको काठमाडौंसम्म पैदल हिँडेर आउने भएकी छिन् । यसका लागि उनले युरोपदेखि इस्तानबुलसम्मको पैदल यात्रा पुरा गरिसकेकी छिन् । अब यसपछि उनी करिब ६ हजार माइलको पैदल यात्रा तय गर्दै काठमाडौं आउने तयारीमा छिन् ।

७३ वर्षीया रोजी नेपालसम्म पैदल यात्रा गर्नुको छुटै उद्देश्य रहेको बताउँछिन् । उनले बेलायतको ब्राइटनदेखि नेपालको काठमाडौंसम्म यात्रा सुरु गरेकी हुन्। नेपालका ग्रामीण क्षेत्रमा सेवा मूलक कार्यक्रमका लागि उनले यो पैदल यात्रा सुरु गरेकी छिन्। २०७२ मा नेपालमा आएको भूकम्पले धेरै जनधन तथा मानवीय क्षति भएको थियो । भूकम्पले गरेको क्षतिबाट समस्यमा परेका नेपालको ग्रामीण क्षेत्रमा स्वास्थ्य, शिक्षा र अन्य थुप्रै स्थानीय समुदायमा सहयोग गर्ने उद्देश्यले अगाडी बढेकी हुन् ।

उनी भन्छिन्, ‘यो यात्रा मानिसलाई खाना दिनका लागि मात्र होइन्, यो जानेबुझेका मानिसलाई आफैं खाद्य उत्पादन गर्नका निम्ति गरेको सहयोग हो । टर्कीको राजधानी इस्तानबुलको मुख्य गन्तव्य ब्लु मस्क मस्जिद र हाजियन सोफियमा आराम गर्दै गर्दा उनले आफ्नो भाव यसरी पोखेकी थिइन् ।

२०७२ मा आएको ७.८ म्यानेट्युडको भूकम्पले क्षति पुर्‍याएको नेपाल अहिले पुःन निर्माणमा जुटिरहेको छ । ९ हजार मानिसको ज्यान लिएको भूकम्पले १० लाख आवासमा क्षति पुर्‍याएको थियो ।

टेन्बीकी बासिन्दा पोपले जुलाई २०१८ मा ब्राइटेनदेखि काठमाडौंसम्मको पैदल यात्रा घोषणा गरेकी थिइन् । पैदल यात्राको क्रममा टर्की उनको १३ औं देश हो । अब उनको यात्रा रिपब्लिका जर्जिया हुनेछ । उनी औसत प्रतिदिन २० किलो मिटर पैदल यात्रा गरिरहेकी छिन् ।

उनी भन्छिन्, ‘मलाई थाहा हुँदैन हरेक रात म कहाँ सुत्छु । म जमिनमा पनि सुत्छु, गल्लीमा सुत्छु, फेरी जब निन्द्रा खुल्छ उठेर हिँड्न सुरु गरिहाल्छु । यस क्रममा म केवल नयाँ मानिस मात्र भेट्छु ।’

उनी आफ्नो रातो ठेलगाढा पछाडी तान्दै दर्गुने गर्छिन् । विश्वकै लामो यात्रा तय गर्ने सोलो रनरको रुपमा उनी प्रख्यात छिन् । काठमाडौंसम्मको पैदल यात्रा उनको पहिलो च्यारिटी रन भने होइन् । यस अघि २००४ मा उनले च्यारिटीकै लागि विभिन्न देशको यात्रा तय गरिसकेकी छिन् ।

२०१५ मा उनले अमेरिकाको न्युयोर्क सहरदेखि सान फ्रानसिस्कोसम्म पैदल यात्रा गरेकी थिइन् । यो यात्रा उनले आफ्नो दिवंगत श्रीमान क्लिभको सम्मानका लागि गरेकी थिइन् । किल्भको प्रोस्टेट क्यान्सरका कारण मृत्यु भएको थियो ।

उनले बेलायतबाट अमेरिकासम्म १७ फुटको डुंगामा निरन्तर एकल यात्रा गर्दै पार गरेकी थिइन् । उनी आफूलाई एक साधारण व्यक्तिको रुपमा चिनाउन मन पराउँछिन् । उनी भन्छिन्, ‘म एक वृद्ध मान्छे, जसरी म नयाँ मानिस भेट्छु त्यो म कुनै पनि तरिकाले कहिले पनि भेट्दिन्। वास्तवमा यो जीवनलाई अरु धेरै दिने तरिका हो किनकि मसँग बढी छ ।’

उनले विश्वसँग आफूलाई फरक किसिमले जोडेकी छिन् । – अन्नपूर्ण पोष्ट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *