उपचारको रकम बुझाउन नसक्दा सुत्केरी अस्पतालमै बन्धक

Spread the love

राजविराज । सप्तरीमा सुत्केरी उपचारबापतको रकम अस्पताललाई बुझाउन नसक्दा एक महिला अस्पतालमै बन्धक बनेकी छिन् । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाकी ललितादेवी खंगले विराटनगरस्थित विराटनगर अस्पतालमा ३ लाख ५० हजार रुपैयाँ बुझाउन नसक्दा अस्पतालबाट डिस्चार्ज हुन पाएकी छैनन् ।

न्यून आय भएका ललितादेवीको पति गोपीकुमार अस्पताललाई बुझाउने रकम जोहो गर्न १ महिने सुत्केरीलाई अस्पतालमै छाडेर यतिखेर आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न भौंतारिरहेका छन् । दलित समुदायकी ललितालाई विराटनगरस्थित जनरल हस्पिटल एन्ड ट्रमा केयर सेन्टरमा दुई छोरी जन्माएपछि ललितालाई थप उपचारका लागि विराटनगर अस्पताल पुर्‍याइएको थियो ।

ट्रमा सेन्टरमा रहँदा पत्नीकोे उपचारका लागि लागेको खर्च पतिले यसअघिनै ट्रमा सेन्टरलाई १ लाख ७४ हजार बुझाइसकेका थिए । नवजात जुम्ल्याहा जन्माएकी ललिताको एक शिशुको मृत्यु भइसकेको छ भने अर्की शिशु जिबितै छिन् ।

यता विराटनगर अस्पताल प्रशासनले ललिताको उपचारमा लागेको खर्च नतिरेकोले उनलाई डिस्चार्ज नगरिएको जनाएको छ । अति गम्भीर अवस्थामा ललितालाई अस्पतालमा ल्याइएको र आवश्यक उपचार गरीसकेपछि उपचार खर्च अस्पतालले माग्नु स्वभाविक रहेको प्रतिक्रिया दिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *