अष्ट्रेलियामा नेपाल भ्रमण वर्ष : नेपाली जाने कि विदेशी लैजाने ?

Spread the love

– राजन घिमिरे

प्रश्न उठ्छ ? भ्रमण बर्ष २०२० कसका लागि ? नेपालीहरूका लागि कि बिदेशीहरूका लागि ? शायद बिदेशी पर्यटकहरूलाई नेपाल ल्याएर उनिहरू मार्फत नेपाल र नेपालीको पहिचान अनि नेपालको पर्यटन क्षेत्रको बारेमा प्रचार प्रसार गर्नु नै यसको मूल उद्देश्य हो र हुनु पर्छ जस्तो लाग्छ । मूलुकले पनि यही सोचेर यो कार्यको शुरूवात गर्न लागिरहेको छ ।

तर यसको चर्चा र पहुँच बिदेशीहरू माँझ पुगिरहेको छ त ? आबश्य पनि बिदेशीहरूकै लागि हुनु पर्छ यो भ्रमण बर्ष तर पनि, हामी किन नेपाली नेपालीहरूबीच नै रमाईरहेका छौ र, आफू आफू बिच नै भ्रमण बर्षको चर्चा गरेर दंग परिरहेका छौ ? कुरा बुझ्न सकिरहेको अबस्था छैन ।

प्रसंग हो अष्ट्रेलियाको । अन्य मूलुकहरू भन्दा अष्ट्रेलिया नेपाली कार्यक्रमहरूको आयोजना बढी हुने मूलुकमा पर्दछ । पछिल्लोपटक यहाँ नेपालीहरूको ओहोर दोहोर र बसोबास पनि बढ्न थालेको छ । नेपाली समाजको यस्तो बाक्लिंदै गएको अबस्थामा हामी अब हाम्रो पहुँच नेपाली माँझ मात्र भएर पुग्दैन ।

यहाँका नेपाली समाजलाई हांक्ने नेपालीहरूले हाम्रो पहुँच अष्ट्रेलियनहरू समक्ष पुर्याउन सके भने बिदेशमा सहजै नेपालको भिजिट बर्ष २०२० को बारेमा सशक्त रूपमा प्रचार प्रसार हुने अबसर पाउन सक्दथ्यो । नेपाली नेपाली बीच मात्र यसको प्रचार गर्नुको अर्थ के ? यहाँको राजदूताबास र बाणिज्य दूतावासले बिदेशीहरू माझ यसको प्रचार गरिएको देखिएन भने यसको जिम्मा लिनु भएका र यसो गर्ने, उसो गर्ने भनेर हिंड्नु हुने महानुभाबहरू नै दोधारमा परेको देखिन्छ ।

जनवरीको पहिलो साता केही नेपालीहरू नेपाल भ्रमण बर्षको सन्दर्भ पारेर अष्ट्रेलियाबाट नेपाल जाने कार्यक्रम पनि रहेको छ यहाँ । तर, नेपालमा हामी नेपाली गएर भ्रमण बर्ष सफल हुन्छ । हामी पहिला पनि गएका थियौं र पछी पनि जान्छौ । हामीलाई आफ्नो मूलुक जान सरकारले किन कार्यक्रमको आयोजना गर्नु पर्यो र ? सरकारको उद्देश्य पनि यो होइन ।

प्रबासमा रहनु हुने नेपालीले बिदेसीलाई साथमा ल्याउनु पर्ने तर्क अगाडि सारेको छ सरकारले, तर हामी दशैंमा घर गए जस्तो हुल बांधेर जादै छौं । कति छन त यो समूहमा बिदेशीको संख्या ? कार्यक्रम संयोजक नै अनबिज्ञ छन । यो समय त बिदेशीहरूलाई नेपाल लगेर उनिहरूलाई नेपाल र नेपालीको बारेमा जानकारी दिने अनि उनिहरूले फर्केर आएर नेपालको बारेमा आफ्नो देशमा चर्चा गरून र त्यो कुराले अरूलाई पनि नेपाल जान प्रेरणा मिलोस भन्ने हेतु नै हो, तर यस तर्फ सम्बन्धित निकाएले सोचेको देखिएन ।

हामी नेपाल भ्रमण बर्षको बारेमा फेसबुकमा कुरा गर्नुमा मात्र सिमीत त भएका छैनौ ? जसले अष्ट्रेलियामा यसको जिम्मेवारी पाएका छन ,उनिहरूको पहुँच अष्ट्रेलियाको मिडिया ,सरकारी मान्छे र यहांका सेलिब्रेटीहरू समक्ष किन पुग्न सकिरहेको छैन ? नेपालीहरू जाने समूहमा अष्ट्रेलियाको कुन मिडिया छ ? कुन सेलिब्रिटी छ वा को सरकारी मान्छे छ ? यी ब्यक्तिहरूलाई नेपाल जाने समूहमा सहभागि गर्न हामी किन हिच्किचाईरहेका छौ ? या हाम्रो पहुँच पुगेन ? कि त हामीसंग आइडिया नै छैन ?

केही समय अगाडिको कुरा हो । नेपाल सरकारको निमन्त्रणामा चिनिया अभिनेत्री पाँच दिन नेपाल घुम्न आएकी थिईन् । पछी फर्केर उनी चीन गएपछी उनले चिनको मिडियामा नेपालबारे बोलेपछी नेपालमा चिनिया पर्यटक ख्वात्तै बढेका थिए । यो कुरा स्वयं पर्यटन मन्त्रीज्यूले भन्नु भएको छ । अहिलेको समयमा मूलुकको बारेमा प्रचार गर्ने हो भने सेलिब्रिटी जस्तो सशक्त माध्यम अरू केही र कोही हुनै सक्दैन ।

के हामी अष्ट्रेलियाबाट यहांका सेलिब्रिटीहरू लान सक्दैनौ ? खै हाम्रो पहल । उनिहरूले पाँच दिन मात्र नेपाल घुमेर आएपछी अष्ट्रेलियाको मिडियामा बोल्दा त्यसको प्रभाब कत्तिको पर्छ ? अनुमान लगाउन सक्नु हुन्छ ? नेपाली गयो, आयो अनि हामी मैं सिमित ? तपाई हाम्रो आबाज यहाँ कुन बिदेशीले सुन्ने ? अर्को कुरा यहांका चर्चित टेलिभिजनहरूमा खोई हाम्रो प्रचार प्रसार ? हाम्रो राजदूताबसले पहल गर्न सकेमा निःशुल्क पनि हुन सक्छ । यस तर्फ खोइ सोच ?

गरिस ? गरे, भनेर देखाएर नेपाल सरकारसंग नजिक हुने सोच मात्र पाल्ने कि हातमा आएको जिम्मेवारीलाई सशक्तताका साथ निभाउने ? कति नेपाली नेपालीबीच फेसबुकमा समूह बनाएर लाईक मात्र गर्ने ? बरू केही समय अगाडि नेपाल आइडियल कार्यक्रमका आयोजकले नेपाल आइडियलको प्रचार सिड्नीको ट्रेनमा गर्दा यहांका बिदेशीहरूले चासो देखाएका थिए । तर हामीले यत्रो उत्सबमाथि यति पनि गर्न सकिरहेका छैनौ ।

अष्ट्रेलियाबाट हुलका हुल जानु सट्टा अष्ट्रेलियन सरकारी, सेलिब्रिटी, केही बिदेशी र यहांको सन्चार माध्यमलाई नेपाल लैजान सकियो भने उनिहरू नेपाल घुमेर अष्ट्रेलिया आएपछी उनिहरूबाटै हुन्छ भ्रमण बर्षको प्रचार । अष्ट्रेलियनलाई नेपाल जान तपाई हाम्रो होइन, उनिहरूकै मान्छेको भनाईको बिश्वास हुन्छ । यस तर्फ केही सोच्ने कि ? – राजधानीबाट

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *