विदेशी लगानीमा चीनको वर्चस्व, नेपालमा आएको कूल लगानीमा चिनियाँ लगानी ८० प्रतिशतभन्दा बढी

Spread the love

मंसिर २६, काठमाडौं : विदेशी लगानीको प्रतिबद्धतामा चीनको वर्चश्व कायम रहेको छ । उद्योग विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७५-०७६ मा साउनदेखि मंसिरसम्म विदेशी लगानीको प्रतिबद्धतामध्ये सबैभन्दा बढी चीनबाट आएको छ ।

नेपालमा आएको विगत ५ महिनाको कुल लगानीको ८० प्रतिशतभन्दा बढी चिनियाँ लगानीकर्ताले प्रतिबद्धता जनाएका छन् । उद्योग विभागका अनुसार यस अवधिमा १२५ वटा कम्पनीमध्ये उद्योग विभागमा दर्ता भएका कुल १९ अर्ब ४२ करोड ५० लाख, ३८ हजार ४०० रुपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । जसमध्ये चीनबाट मात्रै १०४ वटा कम्पनीमार्फत १५ अर्ब २६ करोड ४० लाख ३० हजार रुपैयाँ लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

त्यसैगरी अष्ट्रेलियाबाट ५ करोड, बंगलादेशबाट १५ करोड, फ्रान्सबाट २५ करोड, भारतबाट २ अर्ब ४० करोड, जापानबाट १० करोड १० लाख, बेलायतबाट २१ करोड, पाकिस्तानबाट १० करोड, मलेसियाबाट ५ करोड, क्यानडाबाट ५० करोड, दक्षिण कोरियाबाट १५ करोड, पोल्याण्डबाट १५ करोड विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ ।

पछिल्लो पटक चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले त्यहाँका लगानीकर्तामा राम्रो छाप परेको उद्योग विभागको अनुमान छ । पछिल्लो समय चिनियाँ लगानीकर्ताहरु विशेषगरी पर्यटन, होटल तथा रेष्टुराँ तथा सूचना प्रविधि एवम् उत्पादनमुलक क्षेत्रमा लगानी गर्न उत्सुक रहेको देखाएको छ । तर, गत ५ महिनामा विदेशी लगानी प्रतिबद्धतामा भने कमी आएको छ ।

विभागको तथ्यांकअनुसार साउनदेखि मंसिरसम्म ठूलो लगानीका लागि ५ वटा कम्पनीमार्फत ३ लाख ३२ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको छ । जसमा ३ भारतीय, सिंगापुर र दक्षिण कोरियाबाट एक–एक कम्पनीमार्फत् विदेशी लगानीको प्रतिबद्धता आएको छ । यस्तै, चालू आर्थिक वर्षमा हालसम्म १२५ वटा कम्पनीले विदेशी लगानीको प्रतिबद्धता जनाएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । जसमा सबैभन्दा बढी पर्यटनतर्फ होटल तथा रेष्टुराँ क्षेत्रमा भित्रिएको छ ।

सबैभन्दा बढी विदेशी लगानीको प्रतिबद्धता मझौला उद्योगमा आएको छ । जसमा ५५ वटा कम्पनीले ११ अर्ब ५९ करोड ३० लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता जनाएका छन् । त्यस्तै, साना उद्योगमा ६७ वटा कम्पनीमार्फत् ६ अर्ब ५८ करोड २० लाख रुपैयाँको विदेशी लगानीको प्रतिबद्धता आएको छ । यो समाचार आजको कारोबार दैनिकमा छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *