नहरमा तैरिरहेको अवस्थामा युवकको शव फेला

Spread the love

महेन्द्रनगर । पुर्व पश्चिम राजमार्गमा पर्ने कञ्चनपुरको बेदकोट नगरपालिका–१० सिसैया चौराह नजिकै महाकाली सिँचाइको नहरमा बिहीबार बिहान एक जना युवकको शव नहरमा तैरिरहेको अवस्थामा फेला परेको छ ।

मृत्यू हुनेमा कृष्णपुर नगरपालिका–२ वाणीका १९ वर्षीय सन्तोष पन्त रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । शब फेला परेको स्थानमा नहरको किनारमा मोटरसाइकल समेत फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता नरेन्द्र बहादुर चन्दले जानकारी दिए । मोटरसाइकल दुर्घटनामा परेर मोटरसाइलबाट हुत्तिएर पन्तको ज्यान गएको प्रहरीले जनाएको छ ।

मृतक सन्तोषका काका यज्ञराज पन्तसंगै बेदकोट नगरपालिका–१० नयाँ गाउँ बिहेमा जान लागेका पन्त सवार मोटरसाइल दुर्घटनामा परेको सिसैया प्रहरी चौकले जनाएको छ । मोटरसाइकल दुर्घटनामा परी यज्ञराज घाइते पनि भएका छन् । मृतकका काका यज्ञराजले मोटरसाइकल चलाइरहेको प्रहरी जनाएको छ ।

दुर्घटनामा घाइते भएका यज्ञराजलाई उपचारका लागि धनगढी पठाइएको छ । मोटरसाइकल सिसैया प्रहरी चौकीको नियन्त्रणमा रहेको छ । घटना बारे थप अनुसन्धान भइरहेको छ । सुरेश पन्तले राजधानीमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *