फोहोरले तातोपानी क्षेत्रमा रोगको संक्रमण बढ्यो, पर्यटक घट्ने संकेत

Spread the love

२६ मंसिर, रसुवा । जिल्लामा अवस्थित धार्मिक पर्यटनको सम्भावना बोकेको तातोपानी क्षेत्रमा फोहोर बढेको छ । यसले गर्दा रोगको संक्रमण बढेको पाइएको छ ।

सन् २०२० लाई सरकार लगाएत स्थानिय जनसरकार प्रमुख हरुले नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागेतापनि चिलिमेको तातोपानी लगाएत टिमुरे र स्याफ्रुबेशीको तातोपानी क्षेत्रमा अत्याधिक फोहोर बढेपछि सफा संरक्षण र प्रचारमा भने पछाडि नै रहेको छ ।

तातोपानी क्षेत्रलाई पर्यटन विकासको लागि महिला तथा पुरुषका लागि नुहाउने धारा ,कुवा अलग नबनाएका कारणले पनि समस्या रहेको छ । सार्वजनिक शौचालय नभएका कारण जथाभावि दिशापिसाव गर्ने भएकाले मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव परिरहेको छ ।तातोपानी नुहाउन जाने भक्तजनहरु दुर्गन्धित क्षेत्रमै खाना पकाउने खाने तथा अन्य कृयाकलाप गर्न वाध्य छन् ।

नुहाइसकेपछि लुगा फेर्ने घर दिसा–पिसाब फेर्ने सौचालय, खाजा खाने ठाउँ र बास बस्ने घर जस्ता पुर्वाधारको विकास भए मात्रै यहाँ पर्यटकको संख्या बढ्ने पक्का छ । प्रकृतिको रानी भनेर चिनिने रसुवामा पर्यटकलाई आर्कषित गर्ने धेरै कुराहरु छन् ।

तातोपानी सहित गोसाइकुण्ड लाङटाङ क्याङजिङ लाङटाङ हिमाल तामाङ पदर्माग लाङसिसा नागथलि थुमन लगाएत थुप्रै ठाउँहरु रहेका छन् खुल्ला दिसामुक्त जिल्ला घोषणा भई सकेपनि सार्वजनिक स्थलहरुमा सार्वजनिक शौचालय बनाउने योजना तीनै तहको सरकारको नभएका कारण यो क्षेत्र दुर्गन्धित बन्दै छ स्याफ्रुबेशीकै तातोपानी को कुरा गर्दा पनि कुनै एक संस्थाले व्यवस्थित बनाइदिएको छ तर फोहोर ले कुरुप नै बनाएको छ त्यो कसको जिम्मेवारी भन्ने कुरा अनभिग्य नै छ ।

तातोपानीको महत्व पछिल्लो समय हाड जार्नी सम्बन्धीत समस्या भएका र अन्य रोगनिको हुने विश्वासले पनि चर्चित छ । तर, तातोपानी क्षेत्रको सरसफाइमा भने सरोकार वालाले खासै ध्यान दिएको पाइदैनन् श्रद्धालुले बोकेर जाने प्लाष्टिक जन्य थैलि मिनिरलवाटर पिय पर्दाथका खोलको व्यवस्थापन हुनु जरुरी छ । – न्युज अफ नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *