बाेल्न नसक्ने महिलाकाे पेटमा बलात्कारवाट ७ महिनाकाे गर्भ

Spread the love

तुलसीपुर । बलात्कारबाट तुलसीपुरमा एक बहिरा महिला गर्भवती भएको रहस्य खुलेको छ । पीडित पक्षले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा परीक्षण गराउँदा सात महिनाको बच्चा भएको पुष्टि भएपछि यस्तो रहस्य खुलेको हो ।

आवश्यक अनुसन्धान गरी कारबाहीका लागि पीडित पक्षले इलाका प्रहरी कार्यालय तुलसीपुरमा गत शुक्रबार जाहेरीसमेत दिएका छन् । २६ वर्षकी ती महिला बोल्न नसक्ने भएकाले कसले बलात्कार गरेको हो भन्ने कुराको पत्ता लाग्न नसकेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख चक्रडम्बर पालले जानकारी दिए ।

‘करणी गर्ने व्यक्तिको पहिचान गरी कारबाही गर्न पीडित पक्षले जाहेरी दिएका छन्,’ निमित्त प्रहरी प्रमुख पालले भने, ‘पछि पहिचान भएमा किटानी जाहेरी दिनेगरी निवेदन परेको छ ।’ पीडितको स्वास्थ्य परीक्षण गरेको बताउँदै पालले प्रहरीले अनुसन्धान अघि बढाएको बताए ।

वलीविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता

यसैबीच, तुलसीपुर उपहानगरपालिका–६ रजौरा निवासी ३० वर्षीय हेमप्रकाश वलीविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । दंगीशरण गाउँपालिकाकी एक युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेको भन्दै वलीविरुद्ध सोमबार इलाका प्रहरी कार्यालय तुलसीपुरमा मुद्दा दर्ता भएको निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक चक्रबहादुर डम्बरपालले जानकारी दिए ।

प्रहरीका अनुसार वलीले आइतबार (२२ गते) ती युवतीलाई करणीको प्रयास गरेका थिए । मुद्दा दर्ता भएलगत्तै वलीको खोजी कार्य तीव्र पारेको निमित्त प्रहरी प्रमुख डम्बरपालले जानकारी दिए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *