नेपाल र भुटानबीचको खेलमा नेपाल २-१ ले विजयी (हेर्नुहोस् भिडियो)

Spread the love

काठमाडौं । भुटानलाई हराउँदै नेपालले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पुरुष फुटबलको स्वर्ण पदक जितेको छ ।

मंगलबार भएको फाइनल खेलमा नेपालले भुटानलाई २–१ गोल अन्तरले हराएको हो ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले १७औं मिनेटमा अभिषेक रिजालको गोलबाट अग्रता लिएको थियो । तर ३७ औं मिनेटमा चेन्चो ग्याल्सेनले बराबरी गोल फर्काए ।


खेलको दोस्रो हाफमा नेपालले सुनिल बलको गोलबाट फेरि अग्रता लियो । बलले उत्कृष्ट हेड गोल गरेका थिए । खेलमा थप गोल हुन सकेन र नेपालले २–१ को जितसँगै स्वर्ण जितेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *