पुस ३ गते विहीबारदेखि हरेक हप्ता विहीबार र शुक्रबार नेपाल आइडल सिजन–३ प्रशारण हुने

Spread the love

काठमाडौं । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रोमोमा आगामी पुस ३ गते विहीबारदेखि हरेक हप्ता विहीबार र शुक्रबारका दिन राती ८:३० बजेदेखि कार्यक्रम प्रशारण हुने उल्लेख गरिएको छ ।

यसअघि नेपाल आइडल कार्यक्रमका सञ्चालकहरुले ३१ भदौका दिन श्री जनप्रिय माध्यमिक विद्यालय सिमलचौर पोखरा र ३ असोज का दिन लुम्बिनी बोर्डिङ स्कूल गोलपार्क बुटवलमा अडिसन हुने सूचना गरेको थियो ।

उनीहरुको सूचना अनुसार ६ असोजका दिन ब्राइटल्यान्ड कलेज बाँके नेपालगञ्जमा, १० असोजका दिन वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी वीरगञ्जमा, १४ असोजका दिन देवी माध्यमिक विद्यालय विर्तामोड र ६ कार्तिकका दिन इङ्गलिश प्रिप्यारेटोरी स्कूल मिनभवन काठमाडौंमा अडिसन हुने जनाएको थियो ।

नेपाल आइडल सिजन–१ को विजेता बुद्ध लामा भएका थिए भने सिजन–२ को विजेता रवी ओड भएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *