पोर्तुगलमा फेरि एक नेपालीको दु:खद निधन : बुधवार अन्तिम श्रद्धाञ्जली

Spread the love

लिस्बन । पोर्तुगलमा फेरि एक नेपालीको दु:खद निधन भएको छ । नुवाकोटका नवीनकुमार पाठकको आइतबार निधन भएको हो । उनको उपचारकै क्रममा आइपीओ अस्पतालमा निधन भएको हो ।

उनलाई ब्रेन ट्युमरको समस्या थियो । जुन महिनादेखि उनको उपचार भइरहेको थियो । ४१ वर्षीय पाठक विगत छ वर्षदेखि पोर्तुगलमा बस्दै आएका थिए ।

मृतक पाठककी श्रीमती पोर्तुगलमै छिन् । उनका एक छोरा र एक छोरी नेपालमा छन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले भोलि ११ डिसेम्बर बुधवारका दिन दिउँसो २:०० बजेदेखि २:४५ बजेसम्म उनीप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्यक्रम तय भएको जनाएको छ । अन्तिम श्रद्धाञ्जली National Institute of Medicine , Rua manuel Bento Sousa 3 मा हुनेछ ।

परिषदले अन्तिम श्रद्धाञ्जलीमा उपस्थित भइदिन सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई अनुरोध गरेको छ ।

सन् २०१० देखि हालसम्म पोर्तुगलमा २८ नेपालीले ज्यान गुमाएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *