जन्मदर्ता गरिदिन वडासचिवले लिए २ लाख घुस !

Spread the love

२४ मंसिर, सप्तरी । सप्तरीका एक जना वडा सचिवले जन्म दर्ता गर्नका लागि दुई लाख रुपैयाँ घुस लिएका छन् । मंगलबार साँझ घुस्याहा वडा सचिव घुससहित पक्राउ परेका छन् ।

जिल्लाको महदेवा गाउँपालिका ६ का सचिव नमोनारायण मिश्र एक चिया पसलबाट घूससहित पक्राउ परेका हुन् ।

राजविराज नगरपालिका २ स्थित तेतरी गाछीको एक चिया पसलमा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गर्दा उनलाई पक्राउ गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले मिश्रलाई घुसवापत लिएको रकमसहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *