सागमा भारत पहिलो, नेपाल दोस्रो, स्वर्ण पदकबिहीन बन्यो भुटान (पदक तालिकासहित)

Spread the love

मंसिर २४, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकूद (साग) मा भुटान स्वर्ण पदकबिहीन बनेको छ । उसले ७ वटा रजत र १३ वटा कास्य पदकमात्रै जितेको छ ।

१० दिनसम्म चलेर मंगलबार सम्पन्न सागको अन्तिम नतिजाअनुसार माल्दिभ्स एक मात्रै स्वर्ण जितेर छैटौँ बनेको छ । यस्तै उसले ४ कांस्य जितेको छ । समग्रमा सागमा दक्षिण एसियाली सदस्य राष्ट्रका देश भुटान र माल्दिभ्स कमजोर देखिएका छन् ।

यस्तै भारत भने सर्वाधिक १७४ स्वर्ण जित्दै पहिलो बन्न सफल बनेको छ । उसले ९३ रजत र ४५ कांस्य पनि जितेको छ ।

यसैगरी दोस्रो स्थानमा रहेको नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य जितेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले ऐतिहासिक नतिजा निकालेको हो ।

यस्तै तेस्रो स्थानमा रहेको श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ कांस्य जितेको छ भने चौथो स्थानमा रहेको पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ कांस्य जितेको छ ।

यसैगरी पाँचौ स्थानमा रहेको बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य जितेको छ ।

१४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा गर्ने तय भएको छ । – रातोपाटी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *