७२ वर्षीया वृद्धा शौचालयमै सुत्छिन्, शौचालयमै खान्छिन्

Spread the love

मयुरभञ्ज । भारतको ओडिशा राज्यको मयुरभञ्ज जिल्लामा एक ७२ वर्षीया आदिवासी वृद्धा राज्य सरकारबाट बास पाउन असफल भएपछि विगत तीन वर्षदेखि शौचालयमा बसिरहेकी छिन् । गरिब परिवारकी द्रौपदी बेहेरा नाम गरेकी ती वृद्धाले कानिका गाउँ प्रशासनले निर्माण गरिदिएको शौचालयमा खाना पकाउने र सुत्ने गरेको जनाइएको छ ।

उनका नाति र छोरीलगायतका सम्पूर्ण परिवार सोही शौचालयको बाहिर खुल्ला आकाशमुनि नै बसोबास गर्ने गरेको बताइएको छ । यसअघि यस मुद्दालाई अख्तियारवाला समक्ष बोलाएर उनीहरूले उनको बासस्थान उपलब्ध गराउने आश्वासन दिएका थिए । अझै पनि घरको प्रतिक्षामा रहेको द्रौपदी बताउँछिन् ।

‘मसँग घर बनाइदिने अधिकार छैन । सरकारले थप घर निर्माण गर्ने योजना ल्याएमा म उनलाई एउटा घर दिनेछु,’ गाउँका प्रमुख बुधुराम पुटीले बताए । मानवअधिकारवादी अधिवक्ता सत्य मोहन्तीले यस मुद्दामा क्षोभ व्यक्त गर्दै केन्द्रीय र ओडिशा सरकारलाई यस विषयलाई ध्यानपूर्वक विचार गर्न आग्रह गरे ।

यद्यपि भारतमा यसप्रकारका खबर यसअघि पनि आउने गर्दथे । यसअघि तमिलनाडुको मदुरै जिल्लामा एक ६५ वर्षीया महिला सार्वजनिक शौचालयमा जीवन बिताउन बाध्य भएको समाचार आएको थियो । करुप्पयी नामकी ती महिला मदुरैको रमनाडमा १९ वर्षसम्म शौचालयमा बस्न बाध्य भएकी थिइन् । उनको समाचार भाइरल भएपछि सरकारले उनलाई घर उपलब्ध गराएको थियो । – राजधानी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *