सेनाको गाडीले ठक्कर दिँदा रामेछापमा १ जनाको मृत्यु

Spread the love

२४ मंसिर, रामेछाप । रामेछापको रामेछाप नगरपालिका वडा नम्बर ८ भङ्गेरीमा सेनाको गाडीले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

रामेछाप बजारबाट मन्थली तर्फ जाँदै गरेको बा १ झ १०७० नम्बरको सेनाको गाडीले बिपरित दिशाबाट आउँदै गरेको बा ३८ प ३९४८ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिदाँ मोटरसाइकल चालक १३ वर्षिया सुनिल तामाङको मृत्यु भएको प्रहरीले बताएको छ ।

त्यस्तै घाइते हुनेमा मोटरसाइकलमा सवार १४ वर्षिया रामकृष्ण शाही रहेका छन् । शाहीको अवस्था सामान्य रहेको प्रहरी नीरिक्षक रविभुषण यादवले जानकारी दिनुभयो । घाईते शाहीको रामेछाप जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

मोटरसाइकल तिव्र गतिमा रहेको र चालकले हेल्मेट समेत नलगाई मोटरसाइकल चलाएको हुँदा उक्त दुर्घटना भएको प्रहरीको दावी रहेको छ । चालकको सवारी चालक अनुमतीपत्र भए नभएको अनुसन्धन भइरहेको पनि प्रहरी नीरिक्षक यादवले जानकारी दिनुभयो । – न्युज अफ नेपाल

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *