नयाँ बानेश्वरको एलिनाज बेकरी क्याफेबाट दुई इन्जिनियर २० लाख घुस रकमसहित पक्राउ

Spread the love

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय प्युठानका सिनियर डिभिजनल इन्जिनियरद्वय निरोज महर्जन र ध्रुव श्रेष्ठलाई घुसवापत लिएको रकमसहित पक्राउ गरेको छ ।

काठमाडौं नयाँ बानेश्वरस्थित एलिनाज बेकरी क्याफेमा मंगलबार साँझ घुस लिँदालिँदै उनीहरुलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुको साथबाट १०÷१० लाख रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ । उनीहरूमाथि थप अनुन्धान भइरहेको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता प्रदीप कोइरालाका अनुसार रनिङ बिल भुक्तानी गरिदिने भनेर उनीहरुले २० लाख रुपैयाँ घुस लिएका थिए । – राजधानी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *