हाँस्य टेलिश्रृंखला ‘मुन्द्रेको कमेडी क्लब’को ५८ औं भाग हेर्न नछुटाउनुहोला (भिडियो)

Spread the love

हाँस्य सिरियल ‘जिरे खुर्सानी’बाट एकाएक चर्चामा आएका कलाकार जितु नेपाल अहिले नयाँ शो मार्फत दर्शकमाझ आएका छन् । ‘मुन्द्रेको कमेडी क्लब’ नाम दिइएको उनको रियालिटी कमेडी शोले दर्शकलाई कति मनोरञ्जन दियो त ? यो शोमा जितु संचालकको रुपमा छन् भने कलाकार दिपाश्री निरौला अध्यक्षको रुपमा छिन् । शोले युटुबमा राम्रो भ्यूज पाएको छ ।

संचालक जितु भन्छन्–‘हामीले अझै पनि सुधार गर्नुपर्ने कुरा धेरै छ । दर्शकलाई नयाँ खुराक पस्कन हामी तल्लिन छौ । दर्शकले दिनुभएको सुझावका आधारमा कार्यक्रम परिस्कृत हुनेछ ।’ भारतीय टेलिभिजनमा आउने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’को ढाँचामा तयार पारिएको यो शोले दर्शकलाई मनोरञ्जन दिएको छ । तर, अझै पनि शोमा सुधार गर्नुपर्ने प्रशस्त ठाउँ छन् ।

जितु नेपालले आफ्नो कमेडी लाइनलाई अझै दमदार बनाउन आवश्यक देखिएको छ । दीपाश्री निरौलाको हाँसो बनावटीभन्दा पनि वास्तविक लाग्नुपर्छ । शो हिट हुनका लागि यसमा प्रस्तुत हुने कमेडी संवाद, उपस्थित हुने अतिथीसँगको रमाइलो कुराकानी र नयाँ नयाँ स्तम्भ हो ।

जितुले एउटा जोखिमपूर्ण काम गर्ने कोशिश गरेका छन्, परिस्कृत गरेर गएको खण्डमा उनी सफल हुन सक्छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *