तान्जेनियाका राष्ट्रपतिद्वारा ५५ सय कैदी जेलमुक्त गर्न आदेश

Spread the love

मंसिर २३, दारेसलाम । तान्सेनियाका राष्ट्रपति जोन मागुफुलीले सोमबार पाँच हजार ५०० कैदीलाई जेलमुक्त गर्न आदेश दिएका छन् । अत्यधिक भिडभाडयुक्त जेलमा रहेका कैदीहरूलाई उनले देशको स्वतन्त्रता दिवसको अवसरमा मुक्त गर्ने आदेश दिएका हुन् ।

अत्यन्त लोकप्रिय राष्ट्रपति मागुफुलीले कैदीप्रति सहानुभूति देखाउन र कारागारमा भएको भिडभाड हटाउन यति धेरै कैदीलाई जेलमुक्तको घोषणा गर्नुभएको बताइएको छ । तान्जेनियाको राष्ट्रिय स्वतन्त्रता दिवसलाई विषेश बनाउनका लागि उहाँले सयौँ कैदीहरुलाई आम माफी दिएका हुन् ।

‘जेलभित्रै रहेका बेला व्यवहारमा केही सुधार देखिएका कैदीलाई अहिले जेलमुक्त गरिएको हो, मलाई विश्वास छ की जेलमुक्त भएकाहरु आगामी दिनमा अझ बढी सुध्रिनेछन्,’ उनले भने ।

यो आम माफीले कारागारहरुलाई व्यवस्थित बनाउन सजिलो गराउने विश्वास पनि उनले व्यक्त गरेका छन् । राष्ट्रपति मागुफुली सन् २०१५ मा शक्तिमा आएका हुन् । उनी भ्रष्टाचार विरोधी लडाकू मानिन्छन् ।

तान्जेनियामा अहिले झण्डै ३६ हजार कैदीहरू विभिन्न कारागारमा रहेको सरकारी तथ्याङ्क छ । अधिकांशमा आधारभूत सेवा सुविधा पनि नरहेको बताउने गरिएको छ । – एएफपी

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *