श्रीमद्भगवद्‌गीताका जीवनोपयोगी ११ सन्देशहरु

Spread the love

गीताको ११ सर्वश्रेष्ठ सन्देश :

१) क्रोध बाट भ्रम पैदा हुन्छ ।भ्रम बाट बुद्धि भ्रष्ट हुन्छ । जब बुद्धि व्यग्र हुनेछ तब तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ , तब व्यक्ति को पतन हुनेछ ।

२) भगवान वा परमात्मा को शान्ति उसै सँग रहुन्छ । जसको मन र आत्मा मा एकता अनि सामंजस्यता हुनेछ। जो इच्छा र क्रोध बाट मुक्त छ , उसैले आफु स्वयं र आत्माको सहि अर्थमा बोध गर्दछ ।

३) व्यक्ति जुनसुकै कुरा प्राप्त गर्न समर्थ हुन्छ , यदी उसले विश्वास का साथ इच्छित वस्तुमा लगातार चिंतन गरिरहन्छ भने ।

४) शान्ति उसैलाई प्राप्त हुन्छ जसले सबै इच्छा त्याग गर्छ र “म ” र “मेरो ” को लालसा तथा भावना बाट मुक्त हुनेछ ।

५) आफ्नो कर्तव्यमा मन लगाउं , किनकि परिणाममा हाम्रो अधिकार छैन।

६) स्वार्थले भरिएको कार्यले यो संसारमा तपाईं बांधिनु हुनेछ , आफ्नो जीवनको स्वार्थ टाढै राख्नुहोस् , व्यक्तिगत लाभ त्याग्ना साथ तपाईं संसारकै प्यारो हुनुहुनेछ ।

७) मानिस जन्मले हैन कर्मले मात्र महान बन्छ । जातीयता जन्मको आधारमा होइन गुण र कर्मको आधारमा मात्र निर्धारण हुन्छ ।

८) गल्तिलाई गल्ति देख्न नसक्नु महा गल्ति हो । जस्तो कि सपनामा रहेको व्यक्तिलाई सपना नै सत्य हो लाग्छ तर त्यो गलत हो ।

९) जो जुन देवता वा शक्तिको आराधाना गर्छ , उसको विश्वास त्यसैमा गाढिंदै जान्छ ।

१०) हाम्रो मृत्‍यु कहिले पनि हुंदैन , मर्ने शरीर हो चेतना होइन । तसर्थ शरीरको जन्म र मृत्‍यु स्वाभाविक छ यसमा नडराउं ।

११) असत्यको विग-विगि बड्दै जांदा सत्य स्थापना गर्ने शक्ति पुन: जन्म लीईरहने छ ।

जति मनुष्य जन्म दुर्लभ छ, त्यो भन्दा पनि धेरै मनुष्यता दुर्लभ छ र त्यो भन्दा अझ धेरै दुर्लभ छ, मनुष्य-शरीर देखि मन-बुध्दि देखि पर रहेको परमात्माको साक्षात्कार । भगवान श्रीकृष्णको अवतरणले यो परम दुर्लभ कार्य सहज भएको थियो, राजसी वातावरणमा रणभूमिमा किंकर्तव्य-विमूढ अवस्थामा पुगेको अर्जुन आत्मज्ञान पाएर “नष्टमोह स्मृतिर्लब्धा” भएर आत्मज्ञानरूपी वैभव पाएर समस्त कर्म-बन्धनबाट मुक्त भए, जीवित अवस्थामा यस्तो मुक्तिको दुर्लभ ज्ञान पाए ।

मानिस व्यवहारिक मोहासक्तिले ग्रस्त नभएर, भगवानको समझनामा, आफ्नो आत्मरूप साक्षीलाई जागा राखेर जुन कर्म गर्छ, त्यस्ले आत्म बोधको वृध्दि गर्छ, मानिसमा शौर्य (प्रभाव) वीर्य (पराक्रम वा देहबल), प्राण-बल (मनोबल) आवश्यक हुन्छ, यी तीनै किसिमको बलहरूको उदेश्य सत्यमार्गमा, कल्याण-कार्यमा, पारमार्थिक काममा प्रयोग गरिन्छ भने, भगवानबाट पाएको यी अमूल्यबलको सहि उपयोग भएको मान्नुपर्छ ।

आज हामीहरू रजोगुणी र तमोगुणी वातावरणमा बाँचिरहेका छौं, हाम्रो मन विकार र आकांक्षाको युध्दभूमि बनेको छ, यस्तो समयमा बुध्दिले न उच्च-अर्थले पूर्ण आध्यात्मिक शिक्षालाई बुझ्न सक्छ, न त साधारण धार्मिक उपदेश स्वीकार गर्छ, यस्तो अवस्थामा श्रीमद्भगवद्गीताको हरेक श्लोक मानिसको लागी पथको प्रदीप बन्न सक्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *