अमेरिकी हवाई अड्डामा आक्रमण गर्ने साउदीका सैनिक भएको खुलासा

Spread the love

अमेरिका – अमेरिकाको नौ सेना हवाईअड्डामा बन्दुक आक्रमण गरेर तीन जनाको ज्यान लिने अभियुक्त साउदी अरबको बायुसेनामा सेकेन्ड लेपटिनेन्ट भएको खुलासा भएको छ ।

अमेरिकाको संघिय जाँच एजेन्सीले फलोरिडाको नौ सेना अड्डामा आक्रमण गर्नेको पहिचान गरेको हो । उनी २१ वर्षीय मुहम्मद अल शमरानी भएको (एफबीआई)ले जनाएको छ । एफबिआईका अनुसार घटनास्थलमा मारिएका अभियुक्त नौसेनाकै एविएशन स्कुलमा प्रशिक्षण लिइरशेका थिए ।

साउदी अरबका सैनिक १९७० देखि नै त्यहाँ प्रशिक्षण लिदै आएका छन् । अमेरिकी रक्षा मन्त्रालयकका प्रवक्ता क्रिस गार्वरका अनुसार पेन्टागनमा दिदै आएकाे प्रशिक्षणमा साउदीका ८ सय ५२ साउदी सैनिकले प्रशिक्षण लिइरहेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो घटनाले विदेशी सैनिकलाई प्रशिक्षण दिने बारेमा सोच्ने बेला आएको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *