फेवातालमा सोनिका र पारस मस्ती मुडमा, बाहिरियो अर्को रोचक भिडियो

Spread the love

काठमाडौं । पूर्व युवराज पारस शाह फेरी मस्ती मुडमा फेला परेका छन् । उनी फेरी पोखरामा युट्युवर सोनिका रोकायसंग मस्ती मुडमा देखिएको भिडियो सार्वजनिक भएको छ । सोनिकाले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेकी छन् । सोनिकाको द सोनिका सो मा पूर्वयुवराज पारससंगको भिडियो सार्वजनिक गरेकी छन् ।

जसमा सोनिका र पारस पोखराको फेवा तालमा एउटा डुंगामा देखिन्छन् । पारस डुंगाको पछिल्लो भागमा बसेका देखिन्छन् भने सोनिका अघिल्लो भागमा बसेर भिडियो लिइरहेकी छन् । भिडियोकै क्रममा पारसले चुरोट निकालेर सल्काउँछन् । सोनिकाले सार्वजनिक हुने भिडियोमा त्यसो नगर्न आग्ह गर्छिन । पछि पारसले आफु जस्तो छु त्यस्तै देखिन चाहेको बताएपछि सोनिकाले पनि सहमति जनाउँछिन् ।

उनले भन्छिन् तपाई जस्तो हुनुहुन्छ हामी त्यस्तै स्वीकार गर्छौं । तर पारसले त्यसमा असहमति जनाएपछि सोनिकाले फेरी भन्छिन् तपाईले मलाई स्वीकार गर्नुभएको छ ।सोनिकाले पारसका बारेमा आउने गरेका समाचारका बारेमा प्रश्न गर्छिन । तपाई यस्तो राम्रो हुनुहुन्छ तर न्युजमा पनि किन के के आउँछ ? त्यसो भन्दा पारसले पुरा जवाफ दिन्नन उनले भन्छन् न्युजमा त के के….

सोनिकाले पारससंग अन्तरवार्ता लिन चाहेको भन्छिन् तर पारसले अन्तरवार्ता दिन नचाहेको बताउँछन् । तर पनि सोनिकाले तपाईको जिवनमा सबैभन्दा महत्वपूर्ण कुरा के हो ? भनेर प्रश्न गर्दा उनले आफ्नो लागि देश, परिवार र संस्कार नै आफ्नो जिवनमा महत्व राख्ने बताउँछन् । हाम्रो संस्कारमा परिवार नै भगवान हो उनले भन्छन् ।सोनिकाले आफु पारससंग डुंगामा निकै मस्ती गरेको बताउँछिन् ।

सोनिकासंग पारसले डुंगा चलाईरहेका देखिन्छन् । डुंगा चलाईरहँदा सोनिकाले तालको बिचमा देखिएको मन्दिर हो ? भनेर प्रश्न गर्छिन उनले तालबाराही मन्दिर हो भनेर जवाफ दिन्छन् । त्यसपछिको भिडियोमा सोनिकाले पारसले आफ्नो फेसवुकमा राखेको स्टाटसका बारेमा बताउँछिन् । पारसले केही दिन अघि आफ्नो फेसवुकमा राखेको स्टाटसका बारेमा ब्याख्या गर्छिन ।

पछिल्लो समय युट्युवर सोनिका रोकायसंगको सम्बन्धलाई लिएर पूर्वयुवराज पारस चर्चामा छन् । सोनिकासंगको सम्बन्धका कारण पारस आफ्ना परिवारसंग पनि टाढीएको समाचार बाहिरीएको छ । तर उनलाई यस्ता समाचारले केही प्रभाव पार्दैन । पारसले आफु सर्वसाधारण नागरिकका हैसियतले स्वतन्त्र ढंगले बाच्न चाहेको बताउँछन् ।

सोनिकाले केही समय अघि पारससंग भएका फेसवुक च्याट समेत सार्वजनिक गरेपछि ति कुराकानी समेत भाइरल भएका थिए । सोनिकासंग पारसले आफ्नो धर्म र संस्कृतिका कारण पत्नी हिमानीसंग सम्बन्ध विच्छेद गर्न नसकेको बताएका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *