ट्रकले ब्याक गरी गरी च्यापेको थियो, प्रत्यक्षदर्शी फुपुले खोलिन् वास्तविकता (भिडियो)

Spread the love

आइतबार कोहलपुरमा घटेको घटनाको प्रत्यक्षदर्शी विद्यार्थीको फुपुले घटनाको बारेमा थप जानकारी दिएकी छिन् । उनले भने अनुसार ब्याक गरी गरी नानीको खुट्टा किचेको र घिसर्दै लगेको बताएकी छिन् ।

काठमाडौमा पनि प्रदर्शन

कोहलपुर घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।आइतबार बाकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि दमन गरेको भन्दै नेविसंघले काठमाडौंको चाबहिलमा विरोध प्रदर्शन गरेको हो ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समितिको संयोजनमा गरिएको प्रदर्शनमा सहभागीले प्रहरी दमनको विरोध गर्दै नाराबाजी गरे । उनीहरुले गृहमन्त्रीको समेत राजीनामा मागेका छन्।

पशुपति क्याम्पसबाट सुरु भएको विरोध र्‍याली चाबहिल चोक परिक्रमा गरी पुनः पशुपति क्याम्पसमा आएर समापन भएको छ। नेविसंघका नेता मनोज वैद्यले भने, ‘कोहलपुरमा प्रहरीको दमनबाट घाइते भएकालाई सरकारले निःशुल्क उपचार गर्नुपर्छ र विद्यालय पोशाकमा भएका विद्यार्थीमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्छ ।’

आइतबार बिहान एक ट्रकले ठक्‍कर दिएर कक्षा सातकी प्रकृति चन्द गम्भीर घाइते भएपछि नेपालगञ्ज -कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थीसहित एक दर्जनभन्दा बढी घाइते भएका थिए । प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी हेमराज शाहीसहित ९ प्रहरी पनि घाइते भएका छन् ।

ट्रकको ठक्‍करबाट गम्भीर घाइते भएकी चन्दलाई उपचार गर्न सेनाको हेलीकप्टरबाट ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *