तीन नेपाली बालिकामाथि शारीरिक शोषण गर्ने अमेरिकी नागरिक पक्राउ

Spread the love

२३ मंसिर, काठमाडौं – तीन नेपाली बालिकामाथि यौन शोषण गरेको अभियोगमा १ जना अमेरिकी नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नेपाली बालिकालाई जबरजस्ती यौन शोषण गरेको अभियोगमा अमेरिकी नागरिक जासोन ल्लोयड मुडीलाई पक्राउ गरेको हो ।

अमेरिकी राहदानी (५६७४२५३५) बाहक मुडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

सीआईबी स्रोतका अनुसार उनले विभिन्न निकायमार्फत नेपाली बालिकाहरुलाई होटेलमा बोलाएर यौन शोषण गर्ने गरेका थिए ।

प्रहरीले उनको होटलबाट ५६७४७२५३५,५०६०७३०८४ र ५४५६५८५०० नम्बरका ३ थाना अमेरिकी राहदानी, १ थान ल्यापटप, विभिन्न कम्पनीका मोबाइल ४ थान, विभिन्न बैंकका एटीएम कार्ड तथा काठमाडौंको प्रदर्शनमार्गस्थित विश्वभाषा क्याम्पसबाट उनको नाममा जारी भएको परिचय पत्र (आईडी कार्ड) समेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले पक्राउ परेका अमेरिकी नागरिक बाल यौन दुराचार प्रक्रणमा यसअघि पनि संलग्न रहेको पाइएको जनाएको छ । प्रहरीले उनमाथि बाल यौन दुराचार प्रकरणमा थप अनुसन्धान शुरु गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *