नेपालमा विदेशीले काम गर्ने गाउँ : गोठधन्दादेखि कुटोकोदालो र घाँस दाउरासम्म

Spread the love

विदेशीहरु नेपाल आएर घास दाउरा गरेको देख्नु भएको छ ? पक्कै पनि छैन होला । त्यति मात्रै हो र उनीहरु कुटोकोदालो पनि चलाउँछन् । नेपालमा गाउँले जीवन बिताउँछन् । रहर र अनुभव बटुल्न भए पनि युरोपबाट कैयौं विदेशी यतिबेला कास्कीको डाँडाखर्क पुगेका छन् । पोखरा लेकसाइडबाट झण्डै ९ किलोमिटर माथि छ ब्याक टु नेचर रिसोर्ट । जहाँ आएर विदेशीहरु घाँस दाउरा गर्छन् गोबर सोहोर्छन् ।

डाँडाखर्कको वरिपरि देखिने मनोरम दृश्यले उनीहरूको थकान मेट्छ । जे जति काम हुन्छ मन लगाएर गर्छन् उनीहरुलाई यसो गर्दा निकै रमाइलो पनि लाग्छ किनकि यस्तो गतिविधि उनीहरुले कहिल्यै गरेका थिएनन् ।

जंगलबाट खाबा बोकेर आउदाको कठिनाइ होस् वा खुट्टाभरि जुका लाग्दा होस्, अनुभव नयाँ छ । हामीले उनीहरुसँग भलाकुसारी पनि गर्‍यौ । अष्ट्रेलिया, पोर्तुगल र र न्युजिल्यान्डबाट आएका विदेशी पर्यटकको एउटै सन्देश थियो नेपाल राम्रो छ यहाँ घुम्न आउनुस् ।

त्यसो त back to nature रिसोर्टमा विदेशी मात्र होइन नेपाली पर्यटक पनि पुग्छन् । हामी त्यहाँ पुग्दा चिकित्सकहरूको एउटा टोली दुई दिन बसेर फर्किने तरखरमा थिए । जाँदाजाँदै हामीले उनीहरूको अनुभव सोध्ने मौका पनि पायौ ।

नयाँ अवधारणासहित सञ्चालनमा आएको back to nature रिसोर्टले विदेशी पर्यटकलाई नेपाली गाउँले परिवेशमा रमाउने वातावरण बनाइदिएको छ । back to nature रिसोर्टका सञ्चालक डम्बर पुनले यसको स्थापना र अवधारणा बारे यसो भन्छन् : ‘यो हाम्रो फेमिली विजिनेश हो ।’

पूरा जानकारीका लागि कृपया भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *