बंगलादेशलाई हराउँदै नेपाल साग पुरुष फुटबलको फाइनलमा

Spread the love

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ ।

आइतबार दशरथ रंगशालामा भएको सेमिफाइनलमा बंगलादेशलाई १-० गोलले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो ।

नेपालले पहिलो हाफमा नै गोल गरेर अग्रता बनाएको थियो । नेपालका लागि कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले गोल गरे । उनले ११औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।

अब नेपालले उपाधिका लागि मंगलबार भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *