अन्तरघातीलाई कारबाही गर्ने देउवाको दाबी

Spread the love

भैरहवा – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा अन्तरघातको रोग नरोकिएसम्म चुनावमा विजय हासिल गर्न नसकिने बताएका छन् । भैरहवामा शनिबार कांग्रेस नगरसमिति सिद्धार्थनगरको दोस्रो नगर भेला तथा साइकल/ह्विलचियर वितरण समारोहमा सभापति देउवाले अन्तरघात गर्नेमाथि कारबाही गर्ने बताए । ‘अन्तरघात गर्नेमाथि कारबाही गरेपछि मात्र कार्यकर्ता चुनावमा एक हुन्छन्,’ उनले भने ।

सभापति देउवाले हालै सम्पन्न उपनिर्वाचनका विषयमा पार्टीले समीक्षा गर्ने बताए । ‘दाङको प्रदेशसभा सदस्य र कास्कीको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवारलाई सहानुभूति मिले पनि कांग्रेस पराजय हुनुमा अन्य पनि कारण छन्, त्यसको खोजी हुन्छ,’ उनले भने ।

धरानको उपनिर्वाचनमा मिलेको सफलताले नयाँ इतिहास रचेको उनले दाबी गरे । – कान्तिपुर

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *