२८ वर्षीय युवकले गरे आफ्नै बाबा आमाको हत्या

Spread the love

२१ मंसिर, रुपन्देही । रुपन्देहीमा एक युवकले आफ्नै बाबा आमाको हत्या गरेका छन् । ओमसतिया गाउपालिका ४ सानो बालापुरका २८ वर्षीय गोरख यादवले घरमा बसिरहेको अवस्थामा बाबा आमाको हत्या गरेका हुन् ।

अभियुक्त गोरखले पहिले बावुको र पछि आमाको हत्या गरेको स्वीकार गरेका छन् । बावुको घटनास्थलमै मृत्यु भएको हो भने आमाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो ।

७२ वर्षीय बाबा रामनारायण यादव र ७० वर्षीया आमा ठगना यादवको खुर्पा प्रहार गरेर हत्या गरेका गोरखलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देही प्रहरीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीका अनुसार, गोरखको मानसिक सन्तुलन बिग्रिएर औषधि सेवन गर्दै आएका थिए ।

घटनाको थप अनुसन्धान भइरहेको र शवलाई पोस्टमार्टमका लागि भैरहवा भिम अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *