अष्ट्रेलियामा एक नेपाली युवक मृत फेला परे

Spread the love

सिड्नी । अष्ट्रेलियाको मेलबर्नमा एक नेपाली मृत फेला परेका छन् । मृतक तनहुँ गुणदी घर भई अष्ट्रेलियामा बसोबास गर्दै आएका दीपेन्द्र खनाल भएको बताइएको छ ।

उनलाई आफ्नै घरको बाथरुममा झुण्डिएको अवस्थामा गत सोमबार फेला पारिएको थियो । सन् २००८ मा अष्ट्रेलिया आएका उनी पछिल्लो समय एक्लै एक्लै बस्न रुचाउने भएका थिए । घटनाको अघिल्लो रात सबैले सँगै खाना खाएको उनका एक साथीले बताए ।

उनका साथी अनिल श्रेष्ठका अनुसार आफ्नी श्रीमतीले उनलाई बाथरुममा झुण्डिएको अवस्थामा देखेकी थिइन् । उक्त घटना लगत्तै प्रहरीलाई खबर गरिएको उनले बताए । अहिले खनालको शव पोष्टमार्टमका लागि राखिएको बताइएको छ ।

पोष्टमार्टम लगत्तै उनको शवलाई परिवारको चाहना अनुसार नेपाल लैजाने तयारी गरिएको छ । अष्ट्रेलिया आएलगत्तै उनले केही समय पछि नै प्रोटेक्सन भिसा एप्लाई गरेको बताइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *