प्रजिअ खगेन्द्र प्रसाद रिजालले प्रलोभनमा पारी १ लाख २५ हजार घुस लिएको खुलासा

Spread the love

मंसिर २०, काठमाडौं : सेवाग्राहीसँग घुस प्रकरणमा मुछिएपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल गृहमन्त्रालयमा तानिएका छन् । सार्वजनिक मुद्दा मिलाउने नाममा पीडकसँग बढी पैसा लिएको आरोपसहितको समाचार सार्वजनिक भएसँगै उनलाई गृहले तानेको हो ।

गृहप्रवक्ता तथा सहसचिव केदार शर्माले भने, ‘उहाँलाई दोलखाको प्रजिअको भूमिकाबाट आजैदेखि हटाइएको छ । थप विभागीय कारवाहीका लागि प्रमाण जुटाउँदैछौँ । अहिलेलाई गृहमै तानिसकेका छौँ ।’

मेलुङ गाउँपालिका-४ भेड्पुका कुमार लामा मोक्तानको सार्वजनिक मुद्दा मिलाउने भन्दै रिजालले आफ्नै निवासमा बोलाएर एक लाख रकम लिएको आरोप रिजालमाथि लागेको थियो । दोलखाका सिडिओमाथि पैसा लिएर मुद्दा मिलाएको आरोप प्रजिअ रिजालले कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङसँग पनि सार्वजनिक मुद्दा मिलाउने नाममा ३५ हजार घुस लिएको आरोप लागेको छ ।

धरौटीबापत १४ हजार लिनुपर्नेमा रिजालले ४९ हजार मागेको दाबी उनीहरुले गरेका थिए । बढी भएको ३५ हजार रकमबारे पत्रकार सम्मलेन गर्ने चेतावनीपछि रिजालले बिहीबार नै फिर्ता गरेको पीडकले दाबी गरेका थिए । प्रजिअ रिजालले भने आफूले बढी रकम नलिएको र फिर्ता पनि नगरेको जिकिर छन् । उनले बढी पैसा लिएर फिर्ता गरेको भन्ने समाचार नियोजित रहेको दावी गरेका थिए ।

प्रजिअलाई भ्रष्टचार निवारणको जिम्मेवारी पाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जिम्मेवारी पनि हुन्छ । तर जिल्लाको भ्रष्टाचार नियन्त्रणमा भूमिका खेल्नै पदकै व्यक्ति घुसमा मुछिएपछि गृहले छानबिन थालेको हो ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *