प्रहरीले भेट्टायो हराएका ३३ वटा मोबाइल

Spread the love

१९ मंसिर, काठमाडौं । महानगरीय अपराध महाशाखा टेकुले उपत्यकाका विभिन्न स्थानबाट हराएका सर्वसाधारणको ३३ वटा मोबाइल फेला पारी सम्बन्धित व्यक्तिहरुलाई बुझाएको छ ।

उपत्यकाको विभिन्न स्थानबाट सर्बसाधारणको मोबाइल हराउने तथा चोरी हुने गरेको जनगुनासोको आधारमा उक्त महाशाखाबाट मोबाइल खोजतलास अभियान संचालन गरी बिभिन्न स्थानबाट हराएका मोबाइलहरु फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएको सो महाशाखाले जनाएको छ ।

साथै फेला नपरेका मोवाइल सेटहरुको खोजतलास तथा अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *