१६३ वडामा दुई जना मात्रै महिला वडाअध्यक्ष

Spread the love

राजविराज, मंसिर १८ गते । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालका गरी १८ स्थानीय तहमा १६३ वटा बडाहरु छन । १४ गते सम्पन्न उपनिर्वाचनले वडा अध्यक्षमा एक महिलालाई निर्वाचित गरेसँगै अब जिल्लामा महिला वडा अध्यक्षको संख्या दुई पुगेको छ ।

उपनिर्वाचनले राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट प्रमिलादेवी यादवलाई छिन्नमस्ता गाउँपालिका ७ का वडा अध्यक्षमा निर्वाचित हुनु भएको छ । २०७४ असोज २ गते स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट अग्निसाइर कृष्णासावरण गाउँपालिका ६ बडा अध्यक्ष पदमा कुसुम आचार्य निर्वाचित हुनु भएको हो ।

एमालेबाट आचार्य ३४ मत अन्तरले वडाध्यक्षमा निर्वाचित भएका हुन । । उहाँको निकटतम प्रतिद्वन्द्वी तत्कालीन माओवादीका तेतर चौधरीले ४०० मत प्राप्त गरेको थियो भने आचार्यले ४३४ मत प्राप्त गरेका थिए । महुली निवासी ४८ बर्षीया आचार्य वडाअध्यक्ष बन्नुअघि जिल्लामा महिला अधिकारकर्मीको रुपमा परिचित हुनुहुन्थ्यो ।

यस्तै उपनिर्वाचनमा छिन्नमस्ता गाउँपालिका ७ अध्यक्षमा राजपा र समाजवादी पार्टीका संयुक्त उम्मेदवार प्रमिलादेवी यादवले ११ मतले नेकपाका उम्मेदवार अच्छेलाल यादवलाई पराजीत गर्दै विजयी हुनु भएको छ । प्रमिलाले ५४० मत प्राप्त गरेको छ भने अच्छेलाले ५२९ मत प्राप्त गर्नु भएको छ ।

पूर्ण रुपमा गृहणी रहेका प्रमिला जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादवको श्रीमती हुनुहुन्छ । – गोरखापत्र अनलाइन

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *