मेचु धिमाल र अञ्जु राना मगर सलनालमा कोरिया आउने

Spread the love

कोरिया । लोकप्रिय रियालिटी शो द भोइस अफ नेपाल सिजन २ का गायिकाद्वय मेचु धिमाल र अञ्जु राना मगर सलनालमा कोरिया आउने भएका छन् । ओखलढुंगा सेवा समाजद्वारा आयोजना हुने 1974 AD को लाइभ कन्सर्टमा दुई गायिकाको पनि बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।

लाइभ कन्सर्ट सलनालको दोश्रो दिन जनवरी २५ मा हुँदैछ । कोरियामा सन् २०१५ मा स्थापित ओखलढुंगा सेवा समाजले कोरिया तथा नेपालमा विभिन्न सामाजिक कार्यहरू गर्दै आइरहेको छ ।

कोरियामा रहेका नेपाली संघ संस्थाहरु, नेपाली गीतसंगीत प्रेमीहरुलाई कार्यक्रममा उपस्थित भइदिनका लागि आयोजकले अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *