बाँदरबाट बाली जोगाउन एक किसानले बनाए कुकुरलाई पाटेबाघ !

Spread the love

एजेन्सी, बाँदरबाट बालि नाली जोगाउन एक किसानले गज्जबको आइडिया लगाएका छन् । उनि भारतको कर्नाटकका किसान हुन् । ती किसानले बाँदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएका छन् ।

कुकुरलाई बाघ कसरी बनाउन सकिन्छ ? ती किसानले गज्जबको आइडिया लगाए । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिएका छन् । जसका कारण त्यो कुकुर ठ्याक्कै पाटेबाघ जस्तो देखिन्छ । खुसीको कुरा त के भने यो ‘बाघ’ आइडियाले निकै काम गरेको छ ।

बाघ बनाइएको यो कुकुरबाट बाँदर तर्सिन थालेको छ । कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत डराएका छन् । आशा गरौँ यो कुकुरले आफ्नो बाघ अवतार कायमै राख्नेछ । यसले बाँदरका अगाडि भुलेर पनि भुक्ने छैन ।

यदि भुक्न थाल्यो भने त बाँदरले पत्तो पाइहाल्ने छन् । ती किसानले कुकुरलाई बाघ बनाउनका लागि सामान्य रङको प्रयोग नगरी हेयर डाईको प्रयोग गरेको बताएका छन् । – इन्डिया टाइम्सको सहयोगमा ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *