छैटौँ पटक मेसीले जिते बोलोन डी’ओर

Spread the love

१७ मङि्सर, एजेन्सी : बार्सिलोनाका कप्तान अस्र्जेन्टिनी फुटबल स्टार तथा बार्सिलोनाका कप्तान लियोनल मेसीले छैटौँ पटक बोलोन डी’ओर अवार्ड जितेका छन् । लिभरपुलका भर्जिल भान डिजेक पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै मेसीले उपाधि जितेका छन् ।

यसअघि मेसीले पछिल्लो पटक २०१५ मा यो अवार्ड जितेका थिए । छैटौं पटक यो उपाधि जितेर सबैभन्दा धेरै उपाधि जित्ने कीर्तिमान मेसीले बनाएका छन् । अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।

फ्रान्स फुटबल म्यागजिनले वर्षको उत्कृष्ट फुटबलरलाई प्रदान गर्ने अवार्ड मेसीले पहिलो पटक २००९ मा पहिलो पटक जितेका थिए । त्यसपछि २०१०, २०११, २०१२ मा गरी लगातार चार पटक मेसीले यो उपाधि जिते । २०१५ मा मेसीले पाचौं पटक बोलोन डी’ओर जितेका थिए।

खेलाडी, प्रशिक्षक तथा खेल पत्रकारको मतका आधारमा प्रदान गरिने अवार्डमा लिभरपुलका भर्जिल भान डिजेक दोस्रो, र युभेन्टसका क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा रहे। रोनाल्डोले पाँच पटक यो उपाधि जितेका छन् ।

चौथो स्थानमा लिभरपुलका साडिओ माने, पाँचौँ स्थानमा लिभरपुलकै मोहम्मद सालह, छैटौँ स्थानमा पिएसजीका केलियन एमबाप्पे, सातौँ स्थानमा लिभरपुलका एलिसन, आठौँ स्थानमा बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, नवौँ स्थानमा बर्नार्डो सिल्भा र दशौँ स्थानमा म्यानचेस्टर सिटीका रियाद महरेज रहेका छन् ।

गत सिजन एन्टोनी ग्रिजम्यान र रोनाल्डोलाई पछि पार्दै रियल मड्रिडका लुका मोड्रिकले यो उपाधि जितेका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *