गुल्मी इस्माको कार्की गाउँ शोकमा, १२ जनाको सामुहिक दाहसंस्कार, मृतक १४ जनाकै सनाखत

Spread the love

१७ मंसीर, बागलुङ । बडिगाड गाउँपालिका ७ अल्छीबाङमा भएको जिप दुर्घटनाले गुल्मी इस्माको कार्की गाउँ नै शोकमा डुबेको छ । मंगलबार जिप दुर्घटना हुँदा इस्माको कार्की गाउँका १४ जनाको मृत्यु भएसँगै गाउँ शोकमा डुबेको हो । जिप दुर्घटनामा एक जना बेपत्ता छन् भने तीन जना घाइते छन् ।

गुल्मीको इस्मा गाउँपालिका ४ पैयापाटाबाट बागलुङको निसि कुलपुजाको लागि लु १ ज ५२१९ नम्बरको जिप मंगलबार बिहान पौने १० बजे दुर्घटना भएको थियो । दुर्घटनामा १ बालकसहित ९ महिला र ४ पुरुषको घटना स्थलमै शव फेला परेको भिङगिठे प्रहरीचौकीका प्रहरी नायव निरिक्षक रिन बहादुर बैदवारले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका तीन जनालाई हेलिकप्टर मार्फत थप उपचारको लागि काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ । घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ ।

१२ जनाको सामुहिक दाहसंस्कार

दुर्घटनामा ज्यान गुमाएका मध्ये १० जनाको इस्मा गाउँपालिका ५ को हुलाकेमा सामुहिक दाहसंस्कार गरिएको छ । दुर्घटनामा इस्मा गाउँपालिका ४ र ५ का १२ जना कार्की परिवारले ज्यान गुमाएका छन् । त्यसमध्ये वडा न ४ को पैयापाटाका मात्रै १० जना दुर्घटनामा परेका थिए ।

मृतक १४ जनाकै सनाखत

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका ७ घोपर्नामा जिप दुर्घटना हुँदा मृत्यु हुनेमध्ये १० जनाको सनाखत भएको छ । दुर्घटनामा १४ जनाको ज्यान गएको छ ।

मत्यु हुनेहरुमा अन्दाजी वर्ष २६ की सुचना कार्की, अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की, अन्दाजी वर्ष ४० की बसुन्धरा कार्की, इस्मा गाउँपालिका ३ की अन्दाजी वर्ष २३ की माया थापा, नवलपरासी बर्दघाट बस्ने अन्दाजी वर्ष ६० की भुमा कार्की, बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी, इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की, इस्मा गाउँपालिका ४ की अन्दाजी १० वर्षकी अनुस्का कार्की, इस्मा ४ वस्ने अन्दाजी ६५ वर्षका झवि कार्की, इस्मा ४ बस्ने अन्दाजी ४० वर्षका महेन्द्र कार्की, अन्दाजी वर्ष ४५ का भूमि कार्की, अन्न्दाजी वर्ष २५ की मीना बस्नेत, अन्दाजी वर्ष ३० की तुलसी कार्की अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की रहेका छन् । घटनामा एकजना हराइरहेको प्रहरी नायव निरीक्षक रिन बहादुर बैदवारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *