नेपालकी अञ्जलीले बनाइन् विश्व रेकर्ड, शून्य रन दिएर ६ विकेट लिइन्

Spread the love

काठमाडौं । नेपालकी बलर अञ्जली चन्दले टी–२० इन्टरनेसनल क्रिकेटमा नयाँ इतिहास रचेकी छन् । १३औं सागमा उनले माल्दिभ्सविरुद्ध नयाँ विश्व रेकर्ड बनाएकी हुन् । अञ्जलीले माल्दिभ्सविरुद्ध शून्य रन दिएर ६ विकेट लिइन् । टी–२० इन्टरनेसनल क्रिकेटमा यो विश्व रेकर्ड हो ।

पहिले ब्याटिङ गर्दै माल्दिभ्सको महिला क्रिकेट टिमले २० ओभरमा १६ रन दिएको थियो । यो लक्ष्य नेपालले ५ बलमा हासिल गर्दै म्याच जित्यो । नेपालले ११५ बल बाँकी रहँदा नै म्याच जितेको हो । अञ्जलीले सातांै ओभरमा ३, नवांै ओभरमा २ र ११औं ओभरमा १ विकेट लिएर माल्दिभ्सका ब्याट्म्यानलाई ध्वस्त बनाइदिएकी थिइन् ।

यी मिडियम पेसरले पुरै म्याचमा सिर्फ १३ बल फ्याकिन् र यो ऐतिहासिक रेकर्ड बनाइन् । यसअघि यो रेकर्ड मलेसियाका मेस एलिसाको नाममा थियो । उनले २०१९ मा चीनविरुद्ध ३ रन दिएर ६ विकेट लिएकी थिइन् । नेपालकी नेरी थापाले हङकङविरुद्ध यसै वर्ष ४ ओभरमा ८ रन दिएर ६ विकेट लिएकी थिइन् ।

यो रोमाञ्चक खेलमा माल्दिभ्सका हमजा नियाजले ९ रन रहफसा अब्दुल्लाले ४ रन जोडे । अन्य सबै खेलाडी शून्य रनमा आउट भए । चार टिमले महिला क्रिकेटमा प्रतिस्पर्धा गरेका छन् । प्रतियोगितामा माल्दिभ्स, बंगलादेश नेपाल र र श्रीलंका छन् । पुरुषतर्फ टी–२० इन्टरनेसनलमा वेस्ट बलिङ फिगरको रेकर्ड भारतका दीपक चाहरको नाममा छ ।

दीपकले बंगलादेशविरुद्ध नागपुरमा यो रेकर्ड बनाएका थिए । उनले ३ ओभर २ बलमा ७ रन दिएर ६ विकेट लिएका थिए । सो समय उनले ह्याट्रिक समेत गरेका थिए । दीपक चाहरभन्दा अघि श्रीलंकका मिस्ट्री स्पिनर अजंता मेंडिसको नाममा यो रेकर्ड थियो । उनले ८ रन दिएर ६ विकेट लिएका थिए ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *