संयुक्त अरव ईमिरेट्स (यूएई) बारे जानकारी

Spread the love

खाडी राष्ट्र संयुक्त अरव ईमिरेट्स (यूएई) को राजधानी अबुधावी हो । यो सन् १९७१ मा स्वतन्त्र भएको मुलुक हो । विश्वमा पाईने पेट्रोलियम पदार्थको भण्डारमध्ये १० प्रतिशत यूएईमा छ । त्यसमध्ये पनि सवैभन्दा धेरै तेल भण्डार राजधानी अबुधावीमा नै छ ।

अर्को शहर दुवई त्यसपछि धेरै तेल भण्डार भएको क्षेत्र हो । पेट्रोलियम पदार्थ र प्राकृतिक ग्याँस यूएईको मुख्य आम्दानीको स्रोत हो । खाडी राष्ट्रमा तुलनात्मक रुपले खुला मानिने यो मुलुकमा पर्यटन आम्दानीको अर्को स्रोत हो ।

स्थायी नदी र ताल नभएको यूएईमा खेतीयोग्य जमिन पनि थोरै छ । राजतन्त्रात्मक शासन व्यवस्था भएको यूएईका मुख्य शहरहरुमा राजधानी अबुधावी, दुवई, शारजाह, रास अल खैइमा, अजमान, फुजैरा हुन् ।

यूएईको मुद्रालाई दिराम भनिन्छ । एक दिराम बरावर नेरु ३० को हाराहारी हुन्छ । यो विनिमय दर अमेरिकी डलरको घटबढ सँगै तलमाथि हुन्छ । ईस्लाम धर्म मान्नेहरुको बाहुल्यता रहेको यूएईमा क्रिश्चियन धर्म मान्नेहरु पनि उल्लेख्य छन् ।

दुवई र अबुधावी यूएईमा नेपालीले काम गर्ने मुख्य शहरहरु हुन् । यूएईमा नेपाली कामदार सुरक्षा गार्ड, गाडी चालक, कृषि मजदुर, कारखाना मजदुर, होटल तथा रेष्टुरामा कार्यरत छन् । साथै ब्यबस्थापन पदमा काम गर्ने पनी छन्।

वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०७४/७५ सम्ममा ४ लाख ९८ हजार ७० नेपाली यूएईमा छन् । यहाँ साप्ताहिक बिदा शुक्रबार हुन्छ ।

यूएईमा नेपालको दूतावास राजधानी अबुधावीमा छ । कुनै समस्या परेमा अबुधावीमा रहेको नेपाली दूतावासमा सम्पर्क गर्दा सल्लाह र सहयोग पाईन्छ । दूतावासको फोन नम्वर +971 263 447 67, +971 263 443 85 हो । अबुधावीस्थित नेपाली दूतावासको वेभसाईट https://ae.nepalembassy.gov.np/ मा थप जानकारी पाईन्छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *