पोर्तुगलमा एक नेपाली युवतीको निधन : २०१० यता ३९ नेपालीले ज्यान गुमाए

Spread the love

नमस्ते नेपाली, लिस्बन । पोर्तुगलमा स्याङ्जाकी रेनुका पौडेल खनालको निधन भएको छ । एक वर्षदेखि पोर्तुगल रहेकी खनालको स्तन क्यान्सरका कारण निधन भएको हो ।

साओ जोजे अस्पतालमा उपचार हुँदाहुँदै हिजो अगष्ट २७ तारिखका दिन उनको निधन भएको थियो । अर्जुन चौपारी गाउँपालिकाकी खनाल श्रीमान र एउटी छोरीकासाथ पोर्तुगलमा रहेकी थिइन् । उनका १० वर्षीय छोरा नेपालमै अध्ययन गर्दै रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

खलालको अन्तिम दाहसंस्कार भोलि अगष्ट २९ तारिख शनिबारका दिन Parada Alto de São João को सिमेतरिओ (अन्तिम दाहसंस्कार गर्ने स्थल) मा हुने छ । अन्तिम दाह संस्कार दिउसो ३:३० बजे हुनेछ ।

यसअघि दिउसो १:३० बजे साओ जोजे अस्पताल अगाडि फुनरेरिया कापुसुसमा अन्तिम श्रद्धाञ्जलि दिने कार्यक्रम तय भएको छ । पोर्तुगलमा रहेका उनका आफन्त र नेपालीहरुले सामाजिक सञ्जालमा श्रद्धाञ्जलि अर्पण गरेका छन् । पोर्तुगलमा २०१० यता ३९ नेपालीले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *