पत्रकार घिमिरेलाई ज्यान लिने धम्की, वीरेन्द्र मल्ललगायतलाई तुरुन्तै गल्ती सच्याउन महासंघको चेतावनी

Spread the love

नमस्ते नेपाली, लिस्बन । नेपाल पत्रकार महासंघ बेल्जियम शाखाकी कोषाध्यक्ष पत्रकार निलम घिमिरे सापकोटालाई ज्यान मार्ने धम्की दिइएको छ । बेल्जियमकै वीरेन्द्र मल्ललगायतको टोलीले रातिको समयमा घरमै गएर ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको गम्भीर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्तिमार्फत कडा भ्रर्त्सना गरिएको छ ।

‘बेल्जियममा तीन दर्जनभन्दा बढी नेपालीमा कोरोना : चारजना आइसीयुमा’ शीर्षकको समाचारलाई लिएर मल्ल सहितका व्यक्तिहरुले पत्रकार घिमिरेलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको पत्रकार घिमेरेले बताएकी छन् ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

समाचारमा चित्त नबुझे कानूनी रुपमा उपचार खोज्ने, सम्बन्धित संचार माध्यममा खण्डन पठाउने लगायतका वैधानिक उपाय हुँदाहुँदै व्यक्तिगत रुपमा दुर्व्यवहारमा उत्रिनु बिल्कूल गलत र भ्रर्त्सनायोग्य भएको महासंघले उल्लेख गरेको छ ।

कोरोनाबाट जोगिउँ र जोगाउँ, समूदायमा कोरोना नफैलियोस् भनी सचेतना फैलाउने उद्देश्यले प्रकाशित समाचारलाई लिएर पत्रकारमाथि दुर्व्यवहार गर्नु आपतिजनक र कानुनको बर्खिलाप भएको भन्दै ‘निर्भिक रुपमा सत्यतथ्य समाचार प्रेषण गर्ने पत्रकारलाई धम्की र दुर्व्यवहार गर्नु समुदायको हितमा नहुने’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

अब उप्रान्त यस प्रकारका गतिविधि जारी रहेमा सम्बन्धित मुलुकको कानून बमोजिम पत्रकार घिमिरेको सुरक्षाको निम्ति आवश्यक कानूनी सहयोग खोज्न संस्था अघि बढ्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । शाखाका सचिव शेरबहादुर छन्त्याल र संयोजक ओम शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा तुरुन्तै गल्ती सच्याउन चेतावनी दिइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *