मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना पुष्टि : प्रधानमन्त्री केपी शर्मा ओलीसँगै कार्यक्रममा सहभागी

Spread the love

लहान : सामाजिक विकास मन्त्रालयले बुद्यबार सार्वजनिक गरेको कोरोना संक्रमण पुष्टि भएकाहरूको बुलेटिनमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एक महिला र ७ पुरुष गरी ८ जना छन्। जसमध्ये प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवमा कोरोना संक्रमण पुष्टि भएको छ ।

समाजिक विकास मन्त्रालयका अनुसार प्रदेश सरकारका मन्त्री यादव, प्रदेश सांसद समेत कोरोना पोजिटिभ भेटिएको छ । रिपोर्ट आएदेखि मन्त्री यादव आफूलाई मन्त्रालयको निवासमै आइसोलेट गरेका छन्। उनी चिकित्सकको सम्पर्कमा होम आइसोलेसनमा रहेको एक चिकित्सकले बताए ।

एक साता लामो काठमाडौं बसाई पछि उनी साउन १८ गते जनकपुर फर्केका थिए । फर्केको भोलिपल्ट साउन १९ गते स्वाब संकलन गराएका उनको रिपोर्ट बुद्यबार पोजेटिभ आएको हो । कोरोना संक्रमण पुष्टि भए पनि आफूमा कुनै लक्षण नरहेको उनले बताए । डराउनु पर्ने आवश्यकता छैन । उनले दुई साताभित्र आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन आग्रह गरेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

यात्रा इतिहास

बुद्यबार कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा रहेको मन्त्री ज्ञानेन्द्रकुमार यादव प्रहरी समायोजन सम्बन्धि समन्वय समितिको बैठकमा सहभागी हुन एक साताअघि काठमाडौं गएका थिए । सो कार्यक्रमको अध्यक्षता गृहमन्त्री रामबहादुर थापा बादलले गरेका थिए भने प्रमुख अतिथि प्रधानमन्त्री केपी शर्मा ओली थिए । कार्यक्रममा सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रीहरू सहभागी थिए । गृह सचिव, कानुन मन्त्री, प्रहरी महानिरिक्षक लगायतका उच्च अधिकारीहरु समेत सहभागी थियो।

बैठक सम्पन्न भएपछि प्रधानमन्त्री, गृहमन्त्री सहित सात वटै प्रदेशका आन्तिरिक मामिला मन्त्रीहरू र उच्च प्रहरी अधिकारीहरु बिना मास्क सामुहिक तस्बिर खिचाएका थिए ।

एक साताअघि मन्त्र यादव, भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, उद्योग वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायसहितको टोली सिरहाको कमलानदी, घुर्मी नदी, बतहा नदी, बलान नदी, गागन नदीलगायतको क्षती निरिक्षण गर्न सिरहा आएका थिए । सो क्रममा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल, प्रदेश सांसदहरू, कार्यलय प्रमुखहरू, स्थानीय तहका प्रमुखहरू, राजनीतिक दलका प्रतिधिधिहरू र केही पत्रकारहरू समेत सहभागी थिए ।

स्थलगत निरीक्षणपछि बन्द कोठामा भएको अन्तरक्रिया कार्यक्रमका अधिकांश सहभागीहरू मास्क लगाएका थिएनन । कार्यक्रममा मन्त्री जितेन्द्र सोनलको बायाँ टाँसिएर मन्त्री यादव बसेका थिए भने दायाँ टाँसिएर मास्क लगाएका मन्त्री रामनरेश यादव बसेका थिए । कार्यक्रममा सहभागी नगर प्रमुखहरू भने मास्क पहिरेका देखिएनन् ।

यसैबिच काठमाडौं बसाइकै क्रममा मन्त्री यादव प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत रावल र पत्रकार अनिल कर्ण समेत एक होटलमा चिया गफ गरेको फोटो अनिल कर्णको फेसबुकमा पोष्ट गरेका छन्।

प्रदेश २ मा ५ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाको कारण २२ जनाको मृृत्यु समेत भइसकेको छ । मिथिलेश यादवले नागरिकमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *