निर्मला प्रकरणमा एसपीसहित आठ प्रहरीलाई सफाइ

Spread the love

महेन्द्रनगर : कञ्चनपुरकी १४ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट गरेको र यातना दिएको भन्दै मुद्दा खेपिरहेका एसपीसहितका ८ जना प्रहरीले सफाई पाएका छन् । कञ्चनपुर जिल्ला अदालतले केहीबेर अघि उनीहरुलाई सफाइ दिएको हो ।

निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट गरेको र हिरासतमा यातना दिएको भन्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट, प्रहरी नायव उपरीक्षकद्वय अंगुर जिसी (तत्कालीन सिआईबी), डीएसपी ज्ञानबहादुर सेठी (तत्कालीन जिल्लाका डीएसपी), प्रहरी निरीक्षकद्वय एकिन्द्रबहादुर खड्का र प्रहरी निरीक्षक जगदीशप्रसाद भट्ट (तत्कालीन वडा प्रहरी इञ्चार्ज), प्रहरी नायव निरीक्षकद्वय हरसिंह धामी र रामसिंह धामी तथा प्रहरी जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

सोही मुद्दामा उनीहरु सबैले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेस्तेदार यदुराज शर्माले जानकारी दिए । उनीहरुविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी दिएकी थिइन।

यसअघि तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख, डीएसपी अंगुर जिसी ९ लाख, डीएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का ९÷९ लाख, प्रहरी निरीक्षक जगदीश भट्ट ४ लाख, सई हरिसिंह धामी ३ लाख ५० हजार, अर्का सई रामसिंह धामी ३ लाख र प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए । महादेव अवस्थीले अन्नपूर्ण पोष्टमा समाचार लेखेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *