सेनाको स्काई ट्रकमार्फत गर्भवतीको उद्धार

Spread the love

कैलाली । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी उपमहानगरपालिका–५ की एक गर्भवतीको आज उद्धार गरिएको छ । धनगढीको तारानगर बस्ने वर्ष ३१ की गर्भवती रिता पन्तको अवस्था जटिल भएपछि सेनाको स्काई ट्रकमार्फत उद्वार गरी काठमाडौँ पठाइएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए ।

गर्भवती पन्तलाई शुरुमा धनगढीको नवजीवन अस्पतालमा तीन दिन भर्ना गराइ उपचार गरी सञ्चो नभएपछि सेती प्रादेशिक अस्पतालमा पठाइएको र त्यहाँ पनि उपचार सम्भव नभएपछि सेनाको स्काई ट्रकमार्फत ललितपुरको मेडिसिटी अस्पतालमा पठाइएको सूचना अधिकारी खड्काले बताए । – रासस

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *