विश्व नेवाः संगठन पोर्तुगल च्याप्टरको आधिकारिकताबारे विवाद

Spread the love

नमस्ते नेपाली, लिस्बन । पोर्तुगलमा विश्व नेवाः संगठन (डब्ल्युएनओ) पोर्तुगल च्याप्टरको आधिकारिकताबारे विवाद सिर्जना भएको छ । फ्रान्सका लागि नेपाली राजदूत तथा पोर्तुगलका लागि गैरआवासीय राजदूत दीपक अधिकारी पोर्तुगल आएका बेला संगठनको नाममा एक ज्ञापन पत्र बुझाउदा गंगाबहादुर नेमकुलले आफूलाई अध्यक्ष भएको उल्लेख गरेकोमा विवाद भएको हो ।

विगत पाँच वर्षदेखि पोर्तुगल च्याप्टरका संस्थापक संयोजक रहेका स्वयम्भु तुलाधरले अचानक नेमकुलले अध्यक्ष भएको उल्लेख गरेकोमा आपत्ति जनाएका छन् । नेमकुलले च्याप्टरका कसैलाई पनि जानकारी नदिएरै स्वघोषित अध्यक्ष बताएको तुलाधरले जानकारी दिए । नेमकुलले खोकनाका आदिवासी नेवाःहरुले गरिरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै ज्ञापन पत्र बुझाएका थिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

खोकनाका आदिवासीहरुले आफ्नो भूमि, नेवाः संस्कृति र सभ्यता बचाउनका लागि गर्दै आएको रोपाई आन्दोलनप्रति आफूहरुको ऐक्यवद्धता रहेको बताउदै
तुलाधरले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् । आदिवासी भूमिमा कुनै पनि योजना ल्याउन अघि आदिवासीहरुको मन्जुरी लिनुपर्ने अन्तर्राष्ट्रिय कानुन भएको अवस्थामा राज्यपक्षले नेवाः आदिवासीहरुलाई विस्थापित गर्ने नियतले विभिन्न परियोजना ल्याएकोमा तुलाधरले आपत्ति प्रकट गरे ।

नेमकुलले यसबारे वास्तविकता बाहिर आउनुपर्ने बताएका छन् । वास्तविकता के हो त्यसबारेमा भने उनले केही खोलेका छैनन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *