पोर्तुगलमा एक नेपालीको निधन : भिसा लागेका कलिला छोराछोरीले पनि भेट्न पाएनन्

Spread the love

लिस्वन । पोर्तुगलमा अर्का एक नेपालीको निधन भएको छ । लुङ्गेरिया बस्दै आएका पर्वतका रमेशबहादुर रेग्मीको आइतबार बिहान निधन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद पोर्तुगलका अध्यक्ष तिलक गैरेका अनुसार रेग्मीको हृदयघातका कारण निधन भएको हो । ४२ वर्षीय रेग्मी विगत पाँच वर्षदेखि पोर्तुगल बस्दै आएका थिए ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

घरबाट एम्बुलेन्सले उदिमेरा अस्पतालका पुर्‍याइएका अचेत रेग्मीलाई चिकित्सकले निधन भएको पुष्टि गरेका थिए । नेपालमा उनको श्रीमतीसहित १२ वर्षीय छोरा र ७ वर्षीय छोरी रहेका छन् । श्रीमतीसहित छोरा छोरीको भिसा लागिसकेकोमा कोरोनाका कारण पोर्तुगल आउन पाएका छैनन् ।

अध्यक्ष गैरेले नेपालमा मृतकका परिवारसँग घटनाबारे जानकारी गराइसकेका छन् । उनको अन्तिम संस्कारबारे टुङ्गो लागिसकेको छैन । यद्यपि कोरोना महामारीका कारण पार्थीव शरीर नेपाल पठाउन अवस्था प्रतिकूल रहेको छ । पोर्तुगलमा २०१० यता ३८ नेपालीले ज्यान गुमाइसकेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *