कन्सुलर नेतृत्वको राहात समितिमै भ्रष्टाचार भएको भन्दै राजदूतलाई ज्ञापनपत्र

Spread the love

पेम्बागेलु शेर्पा, लिस्बन – लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदूत मकरबहादुर हमालको नेतृत्वमा गठित कोरोना राहत तथा जनचेतना समितिले राहत सामाग्री खरिदमा चरम भ्रष्टाचार गरेको भन्दै नेपाली समाज पोर्तुगलले राजदूत दिपक अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

पोर्तुगलका लागि गैरआवासीय राजदूत तथा नेपाली राजदुतावास फ्रान्सका राजदूत अधिकारी आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्न पोर्तुगल आएको बेला हिजो लिस्बन स्थित वाणिज्यदूतावासको कार्यालयमा नेपाली समाज पोर्तुगलका अध्यक्ष सोम शेर्पा र महासचिव इश्वर पाण्डेसहितको टोलीले उक्त ज्ञापनपत्र बुझाएका हो । समाजले नेपाल सरकारलाई पनि राजदुतमार्फत एक ज्ञापनपत्र पठाएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

हेर्नुस् ज्ञापनपत्र …..

सम्माननीय प्रधानमन्त्री ज्यू

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय

सिंहदरबार, काठमाण्डौ नेपाल

बिषय : ज्ञापन पत्र

नेपालको विकास, नेपाली जनताको समृद्धि अनि विधिको शासन र भ्रष्टचारमुक्त राज्यको बचनबद्धता गरेर करीब दुई तिहाईको जनमत प्राप्त गरेको वर्तमान नेपाल सरकारले चुनावताका आफुले गरेका ति सबै वचनवद्धतालाई नजरान्दाज मात्रै गरेको छैन, प्रकारान्तरमा नेपाल सरकार त्यसैको विरुद्धमा काम गर्दै गईरहेको छ । अहिले कोरोना विश्व महामारीको बिषम परिस्थितीमा समेत जनताको स्वास्थ्य र सुरक्षामा ध्यान दिनुको साटो महामारीलाई भ्रष्टचार गर्ने माध्यमको रुपमा उपयोग गर्ने नीति लिएको बिषय एकदमै लज्जासपद कुरा हो । यसै सन्दर्भमा नेपाल सरकारले गरेका यी निम्नलिखित बुँदाहरुमा ध्यानाकर्षण गर्दै सुझावसहित यो ज्ञापन पत्र पेश गर्न चाहान्छौं ।

– COVID19 कोरोना जस्तो विश्वब्यापी महामारीको बेलामा नेपाल सरकारले जनताको सेवा सुविधा र स्वस्थोपचारमा पटक्कै ध्यान नदिएको कुरा जानकारी गराउन चाहन्छौं ।

– यो महाविपत्तिमा पनि स्वास्थ्य सामाग्री खरिदमा सरकार आफैं भ्रष्टाचारमा चुर्लुम्म डुब्न पुग्यो तथा भ्रष्टाचारीलाई कारबाही गर्न पूर्णतः उदासीन बन्यो । यसबारेमा गम्भीर ध्यनाकर्षण गराउन चहान्छौं ।

– करिब साठी लाखको संख्यामा विदेशमा आफ्नो श्रम बेची देशको अर्थतन्त्र धानिरहेका नेपालीहरू लाई सुरक्षित रूपमा स्वदेश फर्काउने कुरामा नेपाल सरकार पूर्णतया असफल र अनुत्तरदायी भयो । त्यसकारण ढिलै भएपनि अभिलम्ब आफ्ना नागरिकलाई स्वदेश लैजाने वातावरण तयार गर्न सरकारलाई ध्यानाकर्षण गराउन चाहन्छौं ।

– देसभर बाढी पहिरोमा परी ज्यान गुमाएका परिवारलाई आवश्यक क्षेतिपुर्र्ती तथा घाइतेहरुको उद्दार, राहत र उपचार युद्धस्तरमा अगाडि बढाउन नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।

– नेपाल सरकार वैदेशिक कुटनीतिक मामिलामा एकदम फितलो र असन्तुलित देखिएकोले देशको हितलाई सर्वाेपरि ठान्दै र छिमेकि मित्रतालाई जोड दिई पञ्चशीलको नीति तथा सिद्दान्त अनुरूप बैदेशिक कुटनीति अगाडि बढाउन गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं ।

– कोरोनाको विश्वब्यापी महामारीको कारण देशको अर्थतन्त्र नराम्ररी प्रभावित भएको हुनाले यसलाई माथि उकास्नको लागि देशको उत्पातकत्वसँग जोडिने गरी बृहत संख्यामा रोजगारी श्रृजना हुने स्टीमुलस प्याकेजको यथाशीघ्र घोषणा गर्न तथा सरकारका प्रशासनिक खर्चहरुमा पूर्ण मितव्ययी हुन नेपाल सरकारसँग जोडदार अपील गर्दछौं ।

– सरकार, समसामयीक मुद्दाहरू सांसद अपहरण कान्ड, रुकुम जातीय नरसंहार जस्ता घटनाको छानबिनमा उदासिन देखिएकोमा गम्भीर ध्यानाकर्षण गराउन चहान्छौं ।

– लोकतन्त्र नै खतरामा पर्ने बुँदाहरु सम्झौतापत्रमा उल्लेख हुँदाहुँदै त्यसलाई जस्ताको तस्तै पारित गरेर लागु गर्नका लागि सरकार स्वयं उद्त भईरहेको अवस्था राष्ट्रघाती कदम हो, तसर्थ यसबारेमा गम्भीर ध्यनाकर्षण होस ।

– समाचार र पत्रपत्रीकाहरुमा छरपस्टा प्रकाशितभ भएको बिषय प्रधानमन्त्री खड्का प्रसाद ओली र पत्नी राधिका शाक्यको नाममा स्विस बैंकमा देखिएको ६६ करोड अमेरिकी डलर, पुर्व प्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पाकमल दाहालको दुबई बैंकमा रहेको भनिएको १० अर्व रुपैया, पूर्व राजा ज्ञानेन्द्र शाहको स्विस बैंकमा रहेको र नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाको स्विस बैंकमा देखिएको रकम बारे सत्य तथ्य छानबिन गर्न खोजी तथा छनबिन समिति बनाएर खोजी गर्न नेपाल सरकारसँग जोडदर माग गर्दछौ ।

– अहिले धेरै नेपालीहरु करीब ३५ हजारको हाराहारीमा कार्यरत रहेको यूरोपियन देश पोर्तुगलमा नेपाल सरकारले नेपाली राजदुताबास स्थापना गर्नहुन समेत जोडदार माग गर्दछौं ।

धन्यवाद ।।।

सोम शेर्पा

अध्यक्ष

ईश्वर पाण्डे

महासचिव

महामहिम राजदुत दीपक अधिकारीज्यू

नेपाली राजदुताबासको कार्यलय

पेरीस, फ्रान्स ।

बिषय : ज्ञापन पत्र

सर्वप्रथम, यस राजदुताबासको कार्यक्षेत्र समेत पर्ने देश पोर्तुगलमा सम्भवत यूरोपकै सबैभन्दा बढी नेपालीहरुको बसोबास रहेको बारे यहाँ जानकार नै हुनुहुन्छ । करीब पैंतीस हजारको हाराहारीमा नेपालीहरुको बसोबास रेहको यस देशमा विभिन्न झन्झटिलो कागजी प्रक्रियाहरू पुरा गर्न अत्यन्त कष्टप्रद रहेको कुरा जानकारी गराउँदै तुरुन्त नेपाली दूतावास स्थापना गर्न महामहिम राजदूत मार्फत नेपाल सरकार समक्ष हार्दिक अनुरोध गर्दछौं ।
यसरी ठूलो संख्यामा नेपालीहरु रहेको सन्दर्भमा वार्षिक रूपमा ज्यान गुमाउने नेपालीको संख्या पनि बढ्दै गइरहेको परिप्रेक्ष्यमा यहाँ स्थित वाणिज्यदूतको कार्यालयबाट औपचारिक रुपमा कुनै पनि सहयोग नभएको हुँदा यस कार्यालयलाई जनउत्तरदायी तथा जिम्मेवार बनाउनको लागी पहल गरिदिनुहुन यहाँ समक्ष निवेदन गर्दछौं ।

यस वाणिज्यदूत कार्यालयको आम्दानी तथा खर्चहरु पारदर्र्शी बनाउन तथा यसले लिने सेवा शुल्कहरु पनि अधिक भएको कुरा आमरुपमा उठिरहेको सन्दर्भमा ती सेवा शुल्कहरु समायोजन गरी न्यूनतम गर्न पहल गरिदिनुहुन महामहिमज्यूलाई हार्दिक अनुरोध गर्दछौं । त्यसै गरी अहिलेको यो कोरोना महामारीको विषम परिस्थितीमा नेपालीहरुको सहोगार्थ भनेर नेपाली अवैतानिक वाणिज्यदुत श्री मकर बहादुर हमालज्यूकै संयोजकत्वमा गठित कोरोना राहात तथा जनचेतना समितिमा नै राहात सामाग्री खरीदमा समेत यहाँको एनआरएनका केही व्यक्तिहरुसँग मिलेमतो गरी चरम भ्रष्टचार भएको बारे महामहिमज्यूलाई जानकारी गराउन चहान्छौं र यसबारे आवश्यक परेमा तथ्यप्रमाण समेत उपलब्ध गराउन हामी तयार भएको जानकारी गराउदै उचित छानविनका लागि समेत अनुरोध गर्दछौ ।

तसर्थ, पोर्तुगलका नेपालीहरुको जनसरोकार राख्ने निकाय वाणिज्य दुत र गैह्र आवासीय नेपाली संघ राष्टिय समन्वय परिषदप्रति यहाँका आम नेपालीहरुको कयौ असन्तुष्टि र गुनासाहरु व्यप्त छन र यो सबै सम्बन्धित निकायहरुबाट हुने जनविराधी कृयाकलापकै प्रतिफल हो, अतः पोर्तुगलमा बसोबास गर्ने नेपालीहरुलाई समेत हेर्ने नेपाल सरकारको आधिकारिक निकाय यस राजदुताबासले पोर्तुगलका नेपालीहरुको सम्बन्धमा यहाँका एनआरएन र वाणिज्यदुतको कार्यलयले दिने सुचना र मागहरुलाई मात्रै हुबहु लागु नगरीकन यहाँको आम जनमास सम्म पुगेर सरोकार राख्नहुन समेत हार्दिक अनुरोध गर्दर्छौ ।

धन्यवाद ।।।

सोम शेर्पा

अध्यक्ष

ईश्वर पाण्डे

महासचिव

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *