पोर्तुगलबाट राजदूतमार्फत प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र

Spread the love

नमस्ते नेपाली, लिस्बन । नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले पोर्तुगलका लागि गैरआवासीय राजदूत दीपक अधिकारीमार्फत प्रधानमन्त्री केपी ओलीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । मोर्चाले सरकारले विप्लप नेकपालाई प्रतिवन्ध लगाएर दमन र धरपकड गरेकोमा राजनीतिक बन्दीहरुलाई बिनाशर्त तत्काल रिहा गर्न माग गरेको छ ।

मोर्चाले पोर्तुगलमा बिचौलियाहरुले यहाँका नेपालीलाई ठग्ने, श्रम र लैंगिक शोषण गरेका थुप्रै घटनाहरु भएको उल्लेख गरेको छ । यस्ता घटनाको निष्पक्ष छानबिन गरी कानुन अनुसारको कारवाही गर्न नेपाली दूतावासको मातहतमा उच्च खाले संयन्त्र बनाउन मोर्चाले माग गरेको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

आफ्नो ओहदाको प्रमाण पत्र बुझाउन पहिलो पटक पोर्तुगल आइपुगेका अधिकारीले यहाँका संघसंस्थालाई पालैपालो भेट्न समय दिएका बेला मोर्चाले शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको हो । मोर्चाका महासचिव प्रदीप अधिकारीको नेत्रित्वमा गएको टोलीले अध्यक्ष पूर्णबहादुर विकद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्र बुझाएको थियो ।

हेर्नुहोस् मोर्चाको ध्यानाकर्षण पत्र :

ध्यानाकर्षण पत्र

१८/०७/२०२०

श्री सम्माननीय प्रधानमन्त्रीज्यू ,

नेपाल सरकार

प्रधानमन्त्रीको कार्यालय

सिंहदरवार, काठमांडौं, नेपाल

श्री दिपक अधिकारी

महामहिम राजदूत

नेपाली दूतावास फ्रान्स,

45bis Rue des Acacias,

75017 Paris, France

महोदय,

हाम्रो संगठन नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगल नेपालमा वर्तमान दलाल तथा नोकरशाही संसदीय व्यवस्थाको अन्त्य गर्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाको लागि हुने नेपाली जनताको आन्दोलनमा, विश्वका सबैखाले न्यायपूर्ण आन्दोलनमा ऐक्यवद्धता जनाउने, नागरिकहरुको मानवअधिकारको रक्षार्थ संघर्ष गर्ने, नेपाली राज्यसत्ताको कारणले विदेशिन बाध्य पोर्तुगल वा संसारभरिका नेपालीहरुको समस्या समाधानमा पहल गर्ने, नेपाली तथा पोर्तुगिसहरुको बीचमा सामाजिक तथा सांस्कृतिक सम्बन्धमा अभिवृद्धिको बिकास लगायतका गतिबिधिहरु गर्दै आईरहेको हाम्रो संगठन यहाॅं मार्फत निम्न विषयहरुमा नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ ।

१) नेपालको राष्ट्रीय स्वाधिनता, नागरिक सर्बोच्चता सुनिश्चितको लागि संघर्ष गर्न पाऊने नेपाली जनताको राजनीतिक अधिकारलाई हनन् गर्दै सामाजिक फाॅंसिवादी सरकारले नेपाल कम्युनिष्ट पार्टी माथि प्रतिबन्ध लगाएको छ । उक्त पार्टीका नेता तथा कार्यकर्ताहरुलाई दमन र धरपकड तुरुन्त बन्द गरि सम्पूर्ण राजनीतिक बन्दिहरुलाई बिना सर्त तत्काल रिहा गर्न जोडदार माग गर्दछौं ।

२) देशमा बढ्दै गैरहेको भ्रष्टचार, कालोबजारी, हत्या हिंसा, बलत्कार, शोषण, सामाजिक ऊत्पीडन, मानवाधिकारको उल्लंघन, महंगी, शिक्षा, स्वास्थ्य जस्तो बिषयमा हुने दलाली तथा ब्यापारीकरण, राज्यद्वारा गरिएको अपारदर्शी कारोबार, नीतिगत भ्रष्टाचार र अनेक खाले काण्डहरुको बिना कुनै हस्तक्षेप छानविन गर्दै दोषी उपर उचित कारवाही गरियोस ।

३) कोरोना परिक्षण, उपचार र क्वारेन्टिनको प्रभावकारी ब्यबस्थापन गरियोस । कोरोना महामारीका कारण प्रत्यक्ष रुपले आम जनजीविकामा पर्न गएको असरलाई तत्काल राज्यद्वारा उचित क्षतिपूर्तिको ब्यबस्था गरियोस ।

४) विदेशमा अलपत्र परेका नेपालीलाई यथाशिघ्र राज्यको पहलमा उद्दार गरियोस ।

५) पोर्तुगलमा अहिले सम्म करिब तीस हजार भन्दा बढी नेपालीहरु रहेको र यो संख्या दैनिक जसो बढ्दै गइरहेको छ । यहाँ आईसकेपछी नेपालीहरुले गर्नुपर्ने प्रशासनिक काम र नेपाल पोर्तुगल सरकार राज्य स्तरीय सम्बन्ध बिस्तारको लागि पोर्तुगलमा नेपाली दूतावास र नेपालमा पोर्तुगलको कुटनीतिक नियोगको आवश्यकता रहेको छ । यसका लागि सम्बन्धित निकाय बाट यथाशीघ्र पहल गरियोस ।

६) हाल नेपाली राजदूतावास, फ्रान्सले पोर्तुगल पनि हेर्नुपर्ने भएकोले यहाँका नेपाली समुदायलाई सेवा सुविधा प्राप्त गर्न अत्यन्त कठिनाई र असहज भैरहेको सर्वविदितै छ । त्यसको समाधानको लागि फ्रान्स स्थित नेपाली दूतावासले चुस्त र द्रुत संपर्क माध्यमको बिकास गरियोस ।

७) पोर्तुगलमा नेपालीहरुको संख्या बढ्ने क्रममा मृत्युदर पनि बढ्दो छ । यो बिषयलाई नेपाली राजदूतावास, फ्रान्सले गम्भीरतापूर्वक लिन र ठोस योजना तय गर्न आग्रह गरिन्छ। हाल सम्म अधिकांस मृतक व्यवस्थापनको लागि आम नेपाली समुदाय संग आर्थिक संकलन गरि शवको ब्यवस्थापन गरिदै आएको छ । हामीले पोर्तुगलको लिस्बन स्थित अवैतनिक वाणिज्यदूत कार्यालयलाई यस बिषयमा उपल्लो निकाय संग सम्पर्क गरी ठोस योजना बनाउन बारम्बार ध्यानाकर्षण गरिसकेका छौ ।

८) वैदेशिक रोजगारीको शिलशिलामा नेपाल देखी पोर्तुगल सम्म बिचौलियाहरुले यहाँका नेपालीलाई ठग्ने, श्रम र लैंगिक शोषण गरेका थुप्रै घटनाहरु छन । यस्ता घटनाको निष्पक्ष छानबिन गरि कानुन अनुसारको कारवाही गर्न नेपाली दूतावासको मातहतमा उच्च खाले संयन्त्र बनाइयोस ।

९) नेपाली राजदूतावासले पोर्तुगल स्थित आम नेपाली जनसमुदायको हकमा सरल संपर्क, सर्वसुलभ सेवा र सहयोगी माध्यमको कडी बनोस ।

यी माथि उल्लेखित बुंदाहरुलाई ध्यानाकर्षण गराउदै हाम्रो संगठन नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगल यहाँका हरेक सामाजिक गतिविधीमा सधैं सहयोग र सहकार्य गर्दै अगाडि बढेको र आगामी दिनमा पनि यसै अनुरुप अगाडि बढ्ने कुरा जानकारी गराउदछौ ।

धन्यवाद,

पूर्ण बहादुर विश्वकर्मा

अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगल

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *