भोटेकोशीमा भीषण बाढीपहिरो : दुईको शव भेटियो, एक चिनियाँसहित २१ जना बेपत्ता (तस्वीरमा हेर्नुहोस्)

Spread the love

बाह्रबिसे । गए राति १२ बजेदेखि परेको अविरल वर्षाले भोटेकोशीमा भिषण बाढी पहिरो गएको छ । बाढीमा परी २ जनाको ज्यान गएको छ भने एक चिनियाँ नागरिकसहित २१ जना हराइरहेका छन् ।

बाह्रविसे नगरपालिका–५ जम्बु निवासी २० वर्ष निकेश बस्नेत र उनको ३ वर्षीया छोरीको शब भेटिएको बाह्रबिसे नगरपालिकाका नगरप्रमुख निमा फुन्जु शेर्पाले जानकारी दिए । नगरप्रमुख शेर्पाका अनुसार प्रतिकूल मौसमले गर्दा उद्दारमा कठिनाइ भइरहेको छ । बाढीले अरनीको राजमार्ग बगाएकाले यतिबेला बाह्रबिसे नगरपालिका र भोटेकोश गाउँपालिका सडक सञ्जालबाट पूर्ण विच्छेद भएको छ ।

‘नमस्ते नेपाली डट कम्’ मा तपाईको व्यवसाय वा संघ संस्थाको प्रवर्द्धन र प्रचार प्रसार गरेर व्यवसायिक लाभ लिनुहोस् :

नगर प्रमुख शेर्पाले दिएको जानकारी अनुसार बाह्रबिसे नगरपालिकाको खागदल पक्की पुल बगाएको छ । त्यस क्षेत्रको १५ घर र नजिकै रहेको जम्बु बस्तीको १५–१६ घरलगायत केही सवारी साधन बगाएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस

About NamasteNepali.com

View all posts by NamasteNepali.com →

Leave a Reply

Your email address will not be published. Required fields are marked *